तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

दाङको तुलसीपुरमा एक युवतीले सामाजिक सञ्जाल फेसबुकमा भिडियो लाइभ गर्दै आत्मह’त्या गरेकी छन् । फेसबूक लाइभ गर्दै आत्महत्या गरेको भन्ने खबर पाएपछि इलाका प्रहरी कार्यलयले प्रहरी निरीक्षक सहितको टोली घटना स्थलमा पठाएको थियो ।

अन्दाजी २३ वर्षकी एलिसा गौतम रानीजरुवामा घरमा एक्लै बस्दै आएकी एलिसाका बुवा–आमा भारतमा बस्दै आएका छन् । घरमा भाडामा बस्ने बाहेक उनीसँग अरु कोही पनि नबसेको पाइएको इलाका प्रहरी कार्यालय, रानीजरुवाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शिव सिंहले बताए ।

आफन्त कोही पनि नभएकाले आत्महत्याको बारेमा धेरै खुल्न सकेको छैन तर प्रहरीले आसपासका मानिसहरुसँग सोधपुछ गर्दा विवाह भएर पनि उनको सम्बन्धविच्छेद भइसको छ भने उनकी एक छोरी छिन् । डिभोर्सपछि उनकी छोरी बुवासँगै बस्दै आएको पनि खुलेको प्रहरीले जनाएको छ ।

एलिसाले असार १३ गते ‘छोरीको बर्थडे मनाउँदै आज, ह्याप्पी बर्थडे टु यू छोरी सधै खुशी रहनु तिमी’ भन्दै छोरीको जन्मदिन मनाएको फोटो फेसबूकमा पोष्ट गरेकी थिइन् ।

उनले आत्महत्या के कारणले गरेकी हुन् भन्ने कुरा अझै पत्ता नलागेको प्रहरीले जनाएको छ । मृतक युवतीको शव पोष्ट-मार्टमका लागि राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा राखिएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …