तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

रासस

सप्तरीकाे डाक्नेश्वरी नगरपालिका–८ गम्हरिया प्रवाहामा चट्याङ लागेर एक ७० वर्षीय वृद्धको मृत्यु भएको छ।

धर्मी साहको बिहीबार खेतमा हलो जोत्न गएका बेला चट्याङ लागेर मृत्यु भएको स्थानीय रामलखन मुखियाले बताए।। मुखियाका अनुसार खेतमा हलो जोतिरहेका बेला पानी पर्न थालेपछि साह रुखमुनि ओत लागेका बेलामा चट्याङ् लागेको हो।

चट्याङ लागि गम्भीर घाइते भएका साहलाई १६ वर्षीया नातिनी कञ्चनाकुमारी साहले उठाउन खोज्दा उनलाई पनि करेन्टको झट्का लागेको थियो । कञ्चनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीको टोलीले शवलाई परीक्षणका लागि राजविराज ल्याउने तयारी गरिरहेको छ ।

खेतमा काम गरिरहेको समयमा चट्याङ्ग लागेर आज प्रदेश २ मा ६ जनाको मृत्यु भएको र नौ जना घाइते भएको प्रदेश प्रहरीले जनाएको छ ।

प्रदेश २ प्रहरी कार्यालय जनकपुरधामका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले चट्याङ लागेर बारामा चार जना, सप्तरी र सर्लाहीमा एक-एक जनाको मृत्यु भएको बताए। त्यस्तै चट्याङ लागेर बारामा सात जना तथा सप्तरी र सर्लाहीमा एक-एकजना घाइते भएको र उनीहरुको उपचार भइरहेको पनि उनले बताए।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …