तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

बन्दाबन्दीले विभिन्न क्षेत्रमा नकारात्मक असर पारे पनि विद्युतीय भुक्तानी कारोबार भने बढाएको छ । नेपाल राष्ट्र बैङ्कले हालै सार्वजनिक गरेको चालु आवको १० महिनाका प्रतिवेदनमा सबै किसिमका विद्युतीय भुक्तानीको कारोबार रकम र सङ्ख्या दुवै बढेको देखिएको छ ।

अनुसार २०७६ चैतमा एटीएमबाट कारोबार गर्नेको सङ्ख्या १० लाख ३७ हजार ९०१ रहेकोमा २०७७ वैशाखमा यो सङ्ख्या बढेर ३० लाख बीस हजारभन्दा बढी पुगेको छ । त्यस्तै जेठमा २५ लाख २० हजार ५१७ पुगेको छ ।

त्यस्तै कारोबार रकम पनि बढेको छ । गत वर्षको चैतमा नौ अर्ब चार करोड ६० लाख रुपियाँ कारोबार भएकोमा वैशाखमा २३ अर्ब १५ कारोड ७० लाख रुपियाँभन्दा बढीको कारोबार भएको थियो ।

बन्दाबन्दीका कारण घरबाट बाहिर निस्कन नपाएपछि मोबाइल बैङ्किङको सेवा लिनेको सङ्ख्या पनि बढेको छ । २०७६ चैतमा ३२ लाख ८२ हजार ३१८ जनाले यस्तो सुविधा लिएका थिए भने वैशाखमा यो सङ्ख्या बढेर ४९ लाख ६० हजार २७७जनाले लिएको पाइन्छ ।

जेठमा पनि साढे ४२ हजारभन्दा बढी व्यक्तिले मोबाइल बैङ्किङको सेवा उपभोग गरेको प्रतिवेदनमा उल्लेख छ । यस्तो सेवाको उपयोगबाट कारोबार रकममा पनि उल्लेख वृद्धि भएको छ । गत चैतमा मोबाइल बैङ्किङबाट पाँच अर्ब ३९ करोड रुपियाँ कारोबार भएकोमा जेठमा आइपुग्दा १२ अर्ब २७ करोड ९० लाखभन्दा बढीको कारोबार भएको छ । समीक्षा अवधिमा इन्टरनेट बैङ्किङ, रियल टाइम ग्रस सेटलमेन्ट (आटीजीएस), इलेक्ट्रोनिक चेक क्लियरेन्स (इसीसी)को कारोबार भने घटेको छ ।

आइपीएसमार्फत हुने कारोबार चैतको तुलनामा वैशाखमा केही बढेको छ । कारोबार गर्नेको सङ्ख्यामा भने केही कमी आएको छ । बैङ्किङ कारोबारका लागि पछिल्लो समय विकास भएको कनेक्ट आईपीएसमार्फत हुने भुक्तानी बढेको छ ।

गत चैतमा १३ अर्ब ८१ करोढ ५० लाख रुपियाँको कारोबार भएको थियो भने वैशाखमा बढेर २३ अर्ब १५ करोड ३० लाख रुपियाँभन्दा बढीको कारोबार यसमार्फत भएको प्रतिवेदनमा उल्लेख छ । 

यो सेवा उपयोग गर्नेको सङ्ख्या पनि चैतमा करिब दुई लाख ३५ हजार ९९३ रहेकोमा वैशाखमा आइपुग्दा तीन लाख ९६ हजारभन्दा बढी भएको प्रतिवेदनमा उल्लेख छ ।

पछिल्लो समय राष्ट्र बैङ्कले पनि विद्युतीय कारोबारलाई प्रोत्साहन दिँदै कारोबार गर्ने रकमको सीमासमेत बढाएको छ । बन्दाबन्दीमा बैङ्कहरूले जुनसुकै बैङ्कको एटीएमबाट रकम झिके पनि कुनै शुल्क नलाग्ने गरी सुविधा दिँदै आएका छन् । गोरखापत्र दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …