खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले कोरोना महामारीबाट प्रभावित अति विपन्न परिवार र सुत्केरीहरुलाई राहत वितरण गरेको छ ।
नेपाल कृषि सेवा विकास कार्यक्रमको साझेदारीमा गाउँपालिकाले शुक्रवार भौचर प्रणाली मार्फत राहत सामग्री वितरण गरेको हो ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर १ याम्खाका अतिविपन्न ३० परिवार र सुत्केरी महिला ३६ जना गरी ६६ जना , वडा नं . २ डाँडागाउँमा अतिविपन्न ३० र सुत्केरी महिला २८ जना गरी ५८ जना , वडा नं . ३ छोरम्बुमा अतिविपन्न ३० र सुत्केरी महिला २४ जना गरी ५४ जना , वडा नं . ५ स.छितापोखरीमा अतिविपन्न ३० र सुत्केरी महिला ३२ जना गरी ६२ जनालाई राहत वितरण गरिएको दिप्रुङ चुइचुम्मा गाउँपालिले जनाएको छ ।
अन्य बडाहरु क्रमश टेम्मा, छितापोखरी र बतासेमा मङ्सिर ६ गते बाडिने जनाएको छ । राहत स्वरुप चामल-२५ के.जी.,दाल-२ के.जी., तेल-१ लिटर, आयोडिन नुन-१ के.जी. र डिटोल साबुन-१ वटा उपलब्ध गराएको थियो ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …