नेपाल तरुण दल, तिलोत्तमा नगर समिति द्वारा आयोजित नगर कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।
नेपाल तरुण दल, तिलोत्तमा नगर समितिले संचालन गरेको प्रतियोगिताको शनिबार भएको फाईनल खेलमा वडा नं ४ ले ट्राइबेकर मा ३(२ गोलको अन्तरले जित हासिल गरेका हुन। फाईनल खेलमा वडा नं ४ ले वडा १ माथि ३(२ गोल अन्तरको जित हासिल गरेका हुन।
फागुन २० गतेदेखि संचालन भएको प्रतियोगितामा तिलोत्तमा नगरका १७ वटा वडाका तरुण टिमहरुले भाग लिएको तिलोत्तमा तरुण दल अध्यक्ष खेम क्षत्रीले बताए।
प्रतियोगिताको उपाधि विजेतालाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य बाल कृष्ण खाणले नगद ३० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद १५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गर्नु भयो।
विधागत रुपमा समेत सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता वाड १ का अतीत राना उत्कृष्ट पुरस्कृत भएका हुन।
यसैबिच शनिबार पत्रकार र आयोजक बिच मैत्रीपुर्ण प्रतियोगिता भएको थियो।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …