काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश सरकार उपर दर्ता गरिएका अविश्वास प्रस्तावमाथि आवश्यक निर्णय गर्न पार्टीको प्रदेश संसदीय दललाई अधिकार दिनु व्यावहारिक र लोकतान्त्रिक हुने धारणा व्यक्त गर्नुभएको छ ।
प्रदेश नं १ र वाग्मती प्रदेश सरकार उपर दर्ता गरिएका अविश्वास प्रस्तावमाथि कांग्रेसले लिनुपर्ने निर्णयसम्बन्धी विषय र प्रक्रिया सम्बन्धमा छलफल गर्न सम्बन्धित प्रदेशका पार्टी केन्द्रीय सदस्यसँगको बैठकमा उहाँले सो धारणा व्यक्त गर्नुभएको हो ।
छलफलका क्रममा सभापति देउवाले राख्नुभएको धारणा विपरीत केही सञ्चारमाध्यममा अस्पष्ट र भ्रमपूर्ण समाचार प्रकाशन भएको भन्दै कांग्रेसले ध्यानाकर्षणसहित भ्रम निवारणार्थ शुुक्रबार प्रेस नोट जारी गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत यथार्थ विवरणप्रति सु–सूचित रहेर समाचार सम्प्रेषण गर्न सबैमा आग्रहसमेत गर्नुभएको छ ।
सभापति देउवाले सो विषयमा छलफल गर्न यही माघ ७ गते प्रदेश नं १ तथा माघ ९ गते वाग्मती प्रदेशअन्तर्गतका पार्टी केन्द्रीय सदस्यहरूको बैठक बोलाउनु भएको थियो । दुवै बैठकमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको सहभागिता थियोे ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …