कोरोना परीक्षण किन घट्यो ? परीक्षण घट्दा संक्रमित पनि कम

काठमाडौं । केही दिनयता कोरोना परीक्षण दर घटेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो एक साताको तथ्याकं विश्लेषण गर्दा दैनिक सरदर १४ हजार ४ सय ५८ जनाको पीसीआर परीक्षण हुँदै आएको छ । गत आइतबारदेखि हिजो शनिबारसम्म कुल …

चिनियाँ खोप “भेरोसेल” ३२ वटा खोप केन्द्रबाट लगाउने तयारीमा काठमाडौं महानगरपालिका

काठमाडौं। जेठ २५ गतेबाट शुरु हुने पहिलो चरणको कोभिड–१९ विरुद्धको खोप अभियानका लागि काठमाडौं महानगरपालिकाले ३२ वटा खोप केन्द्र तोकेको छ । यस अभियानअन्तर्गत ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेल (चिनियाँ खोप) को पहिलो मात्रा दिन लगाइन लागेको …

कोरोना सङ्क्रमण भइसकेका बिरामीमा कालो ढुसीको सङ्क्रमण देखियो, सचेत हुन आग्रह

काठमाडौँ । नेपालमा कोरोना सङ्क्रमण भइसकेका बिरामीमा कालो ढुसीको सङ्क्रमणसमेत देखा परेको छ । समयमै सचेत भए कालो ढुसीबाट बच्न सकिने चिकित्सकको सुझाव छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न स्थानमा गरी १० जनामा कालो ढुसी रोग लागेको जानकारी दिएको छ । मन्त्रालयका …

महामारीले आम जनतालाई आक्रान्त पारिरहेको बेला त्यो भन्दा बढी तनाबले जन जीवन भयावह: नेता खाण

काठमाडौ । नेपाली काङ्ग्रेसका प्रभावशाली नेता, पुर्ब मन्त्री , केन्द्रीय सदस्य, प्रमुख सचेतक माननीय बालकृष्ण खाणले गणेशमान सिंह स्मृती पुस्तकालय, रुपन्देही द्वारा आयोजना भएकाे “होम आइशोलेनमा बस्दा तनाव ब्यवस्थापन साथै कोभिड बाट कसरी बच्ने” भन्ने कोभिड सम्वाद शृङ्खलामा कोरोना भाइरस …

होटेल व्यवसायमै निर्भर मनाङवासीमा कोरोनाले सकस

मनाङ । गण्डकी प्रदेशकै पर्यटन प्रवद्र्धनको मुख्य आधार मानिएको हिमाली जिल्ला मनाङको पर्यटन क्षेत्र कोरोनाका कारण सुस्ताएको छ । वसन्त ऋतुको आगमनसँगै पर्यटकीय गुल्जार हुने यहाँ कोरोना कहरले पुनः सुनसान बनेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको प्रभावले …

डोटीको एक गाउँका सबैमा कोरोना संक्रमण, उपचारमा समस्या

डोटी । जिल्लाकोे आदर्श गाउँपालिका–१ चाँसी गाउँका प्रायः सबै नागरिक कोभिड–१९ ले प्रभावित भएका छन्। गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार यस गाउँका ८५ जनाको कोभिड परीक्षण गर्दा ५२ जनामा सङ्क्रमण पुष्टि भएको हो। कोरोना जाँच नगरिएका अन्य नागरिकलाई पनि ज्वरो आउने …

हुम्लामा लक्षण विनाका सङ्क्रमित

सिमकोट । हुम्लाका अधिकांश गाउँपालिकामा कोरोनाको लक्षण विनाका सङ्क्रमितहरु देखिन थालेका छन् । दोस्रो लहरपछि यहाँ लक्षण विनाका बिरामी देखिन थालेका हुन् । एन्टिजेन विधिबाट परिक्षण गर्दा कोरोना पुष्टि भएपनि दश दिन आईसोलेसनमा बस्दा सङ्क्रमितहरु लक्षण विनाका देखिएका छन् ।सङ्क्रमित …

सङ्क्रमितको सङ्ख्याभन्दा निको हुनेको सङ्ख्या बढी

काठमाडौँ । विगत दुई सातायता दैनिक थपिने सङ्क्रमितको सङ्ख्यालाई निको हुनेको सङ्ख्याले उछिनेको छ । लगातार १४औँ दिन शुक्रबार आठ हजार ६६३ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् भने नयाँ थपिएका सङ्क्रमितको सङ्ख्या चार हजार ६२४ रहेको छ ।  हालसम्म …

कोरोना संक्रमणको तेस्रो लहर आउनसक्छ सचेत रहौंः मन्त्रालय

काठमाडौं । कोरोना संक्रमण दोस्रो लहरपश्चात् तेस्रो र चौथो लहर ‘आउन सक्ने’ भन्दै तयारी अवस्थामा रहन सरकारले आग्रह गरेको छ । प्रथम र दोस्रो लहरले अत्यधिक मात्रामा प्रौढ तथा युवा संक्रमित भएकाले तेस्रो र चौथोमा बालबालिका बढी मात्रामा संक्रमित हुन …

कोरोना परीक्षण गर्न नमानेका दुईको मृत्यु

पाँचथर  ।  कोरोनाको परीक्षण गर्न अस्वीकार गरेका दुई पुरुषको मृत्यु भएको छ। एन्टिजेन परीक्षणका लागि स्वास्थ्यकर्मीको टोली गाउँमै गएको समयमा परीक्षणका लागि गरिएको आग्रह अस्वीकार गरेका फिदिम नगरपालिका–८ का दुई पुरुषको बिहीबार मृत्यु भएको हो। उनीहरुलाई कोरोनाको लक्षणसँग मिल्ने स्वास्थ्य …