नेपालमा ५१५३ जना संक्रमित थपिदा ६५७० जना संक्रमणमुक्त

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ५ हजार १५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ६ हजार ५७० जना निको भएका छन् । मन्त्रालयका अनुसार आज (मंगलबार) कोरोना संक्रमणबाट थप …

कोरोना सङ्क्रमण घट्यो जोखिम कायमै

काठमाडौँ। कोरोनाको दोस्रो लहरबाट सङ्क्रमित हुनेको सङ्ख्या दिनप्रतिदिन ओरालो लाग्न थालेको छ तर अझै जोखिम भने कम भइनसकेको अधिकारीहरूको भनाइ छ । मुलुकका ७५ जिल्लामा जारी निषेधाज्ञासँगै सरसफाइ, सचेतना, स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयन र आवश्यक सतर्कताका कारण सङ्क्रमितको सङ्ख्या घट्न थालेको …

दैनिक अण्डा खानुहोस, यस्ता छन् फाइदाहरु

अण्डामा मानव शरीरका लागि चाहिने अधिकांश तत्व पाइने भएकाले यसलाई प्रोटिनको पूर्ण स्रोत मानिन्छ । अण्डामा क्याल्सियम, आइरन, प्रोटिन, भिटामिन ए, फस्फोरस, भिटामिन डी, ई तथा जिङ्क लगायतका तत्वहरु हुने गर्दछ । यसले बालबालिका तथा गर्भवती महिलालाई निकै लाभ पुर्याउने …

चीन सरकारद्वारा अनुदानमा उपलब्ध कोरोनाविरुद्ध भेरोसिल खोप आजदेखि सुरु

काठमाडौँ । चीन सरकारद्वारा अनुदानमा उपलब्ध गराइएको कोरोनाविरुद्धको खोप भेरोसिल मङ्गलबारदेखि लगाउन सुरु गरिँदै छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत परिवार कल्याण महाशाखा, खोप शाखा प्रमुख डा. झलक गौतमले देशव्यापी रूपमा ६० देखि ६४ वर्ष उमेर समूहलाई कोरोनाविरुद्धको खोप लगाइने जानकारी गराउनुभयो ।  …

खोप वाचा अन्योलमै

काठमाडौं । विभिन्न देशले कोरोना संक्रमण रोकथामका लागि अति आवश्यक मानिएको खोप खरिद वा अनुदान उपलब्ध गराउने प्रतिबद्धता अन्योल बनेको छ । हालसम्म अमेरिका, बेलायतलगायत देशले खोप उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि परिणाम शून्य छ । ती देशले खोप उपलब्ध …

सङ्क्रमित भन्दा निको हुनेदर उच्च

काठमाडौ । कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञा तथा कोरोना परीक्षणको दायरा वृद्धिभएसँगै पछिल्लो दिन सङ्क्रमित भन्दा निको हुनेदर उच्च हुँदै गएको छ । पछिल्लो २४ घण्टामा चार हजार ४७२ मा सङ्क्रमण पुष्टि भएको छ भने ६ हजार ९५१ …

अस्पतालका शय्या हुन थाले खाली

नेपालगञ्ज । पछिल्लो समय नेपालगञ्जसहित जिल्लामा कोरानो सङ्क्रमितका सङ्ख्यामा कमी आएको छ । यससँगै अस्पतालमा बिरामीका चापमा कमी आउँदा शय्यासमेत खाली हुन थालेका छन् । भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा आइतबार सङ्क्रमितका लागि छुट्याइएका शय्यामध्ये दुवैका ६९, वेस्टर्न अस्पताल …

रोग प्रतिरोधात्मक क्षमता अभिवृद्वि हुने जडिबुटीबाट बनेको औषधि निःशुल्क वितरण

काठमाडौँ । कोरोना सङ्क्रमित तथा रूघा, खोकी, ज्वरो, फ्लु रोगीमा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्विमा उपयोगी हुने गुर्जोसहितको धुलो औषधी एवं चिया (काँढा) ३१ जिल्लाका ११० स्थानबाट निःशुल्क वितरण भइरहेको छ । आयुर्वेद चिकित्सक तथा विज्ञको परामर्शमा तयार गरी गुर्जो अभियानकर्मी …

सङ्क्रमित खोज्न घरघरमा स्वास्थ्यकर्मी

डोटी । दोस्रो चरणको कोरोना भाइरस कोभिड–१९ का कारण जिल्लावासी आक्रान्त बन्न थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि यहाँका स्थानीय तहले आफ्ना विभिन्न प्रयास शुरु गरेका छन् । यहाँका स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीहरु सङ्क्रमित खोज्न औषधीसहित घरघरमा जान थालेपछि नागरिकमा …

गैरआवासीय नेपाली संघको अभियानमा ४२८ अक्सिजन कन्सन्ट्रेटर काठमाडौँमा

काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनले शुरु गरेको नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ अभियानअन्तर्गत विश्वभरका संघसंस्था र नेपाली समुदायका सहयोगमा थप ४२८ अक्सिजन कन्सन्ट्रेटर शनिबार साँझ काठमाडौँमा आइपुगेको छ । विभिन्न राष्ट्रिय समन्वय परिषद्का समन्वयमा बेलायतबाट १५०, अष्ट्रेलियाबाट १००, …