तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं। जेठ २५ गतेबाट शुरु हुने पहिलो चरणको कोभिड–१९ विरुद्धको खोप अभियानका लागि काठमाडौं महानगरपालिकाले ३२ वटा खोप केन्द्र तोकेको छ । यस अभियानअन्तर्गत ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेल (चिनियाँ खोप) को पहिलो मात्रा दिन लगाइन लागेको हो ।

शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागका विभागीय प्रमुख हरिबहादुर कुँबरले खोप सञ्चालनका लागि सम्पूर्ण तयारी भइसकेको बताउनुभएको छ ।

महानगरपालिकाले खोप सञ्चालन गर्ने केन्द्रको नाम तोकेर पठाउन वडा खोप समन्वय समितिलाई पत्राचार गरेको र नामहरूखकरिब करिब आइसकेको बताउनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जेठ १८ गतेको निर्णयका आधारमा शुक्रबार जिल्ला स्वास्थ्य कार्यालय र कामपाको शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागबीच बैठक बसेर हरेक वडामा एक÷एक खोप केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ । यही निर्णयका आधारमा वडाको खोप केन्द्र वडाबाट तोक्नका लागि पत्राचार गरिएको हो ।

‘यसका लागि पत्राचार गर्नुपर्दैन । मौखिक रुपमा भने पनि हुन्छ । ३२ वटा वडामध्ये धेरै वडाबाट खोप सञ्चालन गर्ने केन्द्रको नाम आइसक्यो । अब एक–दुई ठाउँबाट आउन बाँकी छ । त्यो पनि भोलिसम्म आइपुग्छ,’ उहाँले भन्नुभयो । साथै उहाँले ३२ वटै वडाबाट खोप सञ्चालन गर्ने केन्द्रको नाम आइसकेपछि यो केन्द्रको नाम सार्वजनिक गर्ने बताउनुभयो ।जेठ २५ देखि २९ गतेसम्म सञ्चालन हुने पहिलाो चरणको खोप अभियानमा उमेर अनुसार खोप लगाइने भएको छ ।

यो पटक ६० वर्ष उमेर समूहका नागरिकलाई एक दिन मात्र खोप लगाइनेछ भने ६१ वर्ष उमेर समूहका नागरिकलाई एक दिन गरेर पाँच दिनसम्म खोप लगाइने विभागीय प्रमुख कुँबरले बताउनुभयो । उहाँका अनुसार जेठ २५ गते ६० वर्षका नागरिकलाई खोप दिइनेछ भने ६१ वर्षका लागि २६ गते दिइनेछ । त्यस्तै ६२ वर्षका लाई २७ गते, ६३ वर्षका लाई २८ गते र ६४ वर्षका लाई २९ गते गरेर पालैपालो खोप लगाइनेछ । कुन उमेर समूहलाई कुन दिन खोप लगाइने त्यसबारे सूचना सार्वजनिक गर्ने उहाँले बताउनुभयो ।

उक्त उमेर समूहका नागरिकलाई चीन सरकारले उपलब्ध गराएको भेरोसेल (चाइनिज खोप) को पहिलो मात्रा दिन लागिएको हो । सरकारले खोप कार्यक्रमअन्तर्गत पहिलो पटक महामारी नियन्त्रणका लागि अग्रपङ्क्तिमा खटिनेका लागि, त्यसपछि ६५ वर्षदेखि माथिल्लो उमेर समूहका व्यक्तिका लागि र तेस्रोमा १८ देखि ५९ वर्षका व्यक्तिलाई खोप दिएको थियो । जेठ ११ गतेसम्म वडास्तरमा केन्द्र स्थापना गरेर चलाइएको खोप कार्यक्रमबाट करिब १ लाख व्यक्ति लाभान्वित भएका थिए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …