तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ । विगत दुई सातायता दैनिक थपिने सङ्क्रमितको सङ्ख्यालाई निको हुनेको सङ्ख्याले उछिनेको छ ।

लगातार १४औँ दिन शुक्रबार आठ हजार ६६३ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् भने नयाँ थपिएका सङ्क्रमितको सङ्ख्या चार हजार ६२४ रहेको छ । 

हालसम्म पाँच लाख ८१ हजार ५६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा चार लाख ७६ हजार १३० जना निको भइसकेका छन् । ३१ लाख २१ हजार १२० जनाको पीसीआर परीक्षण गरिएको छ । अहिले निको हुने दर ८१.९ प्रतिशत छ । यो दर अफगानिस्तान, भुटान, माल्दिभ्स् र श्रीलङ्काभन्दा बढी हो भने बङ्गलादेश, भारत र पाकिस्तानभन्दा कम हो । बङ्गलादेश र भारतको निको हुने दर ९२.५ र पाकिस्तानको ९१.८ प्रतिशत छ । 

विगत २४ घन्टामा १४ हजार १८२ जनाको पीसीआर परीक्षण गर्दा चार हजार ६२४ जनामा र छ हजार ६३१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा दुई हजार २९ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा ८९७, भक्तपुरमा १८८ र ललितपुरमा २९९ जना गरी एक हजार ३८४ जना सङ्क्रमित थपिएका छन् । शुक्रबार १०१ जना सङ्क्रमितको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या सात हजार ७३१ पुगेको छ । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …