चितवन मेडिकल कलेजमा प्लाज्मा थेरापीबाट उपचार सुरु

जिल्लामा पहिलो पटक चितवन मेडिकल कलेजमा उपचाररत एक महिलामा प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको छ । हेटौँडा उपमहानगरपालिका–११ की ५२ वर्षीया कोरोना सङ्क्रमितमा प्लाज्मा थेरापी गरिएको हो । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार ती महिलालाई बिहीबार राति …

जुम्लाका प्रमुख जिल्ला अधिकारीलाई कोरोना सङ्क्रमण पुष्टि

जुम्लाका प्रमुख जिल्ला अधिकारी  भुपेन्द्र थापामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रमुख जिल्ला अधिकारी थापाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको प्र जि अ थापाले बताउनु भयो ।    कोरोना रोकथामका लागि …

प्राविधिक कारणले स्वास्थ्यकर्मीको जोखिम भत्ता रोकिएको हो – स्वास्थ्यमन्त्री ढकाल

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले संघ, प्रदेश र स्थानीय तहका सरकारले मिलेर कोभिड-१९ रोकथाम तथा नियन्त्रणको काम थप प्रभावकारी बनाउनुपर्ने बताएका छन्। प्रदेश सरकारका सामाजिक विकासमन्त्रीसँग बुधबार भर्चुवल बैठक गर्दै उनले कोभिड-१९ रोकथामका लागि भएका कामहरु थप प्रभावकारी र …

सेती प्रादेशीक अस्पतालमा स्वेच्छिक पिसिआर परीक्षण शुल्क २५ सय मात्र

धनगढी- सेती प्रादेशीक अस्पतालले स्वच्छिक रुपमा कोरोना भाइरसको पिसिआर परीक्षण गराएमा २ हजार ५ सय रुपैयाँ मात्र शुल्क लिने भएको छ। नेपाल सरकारको निणर्य बमोजिम २ हजार ५ सय शुल्क तिरेर कोरोना (कोभिड–१९) को पिसिआर विधि परीक्षण गर्न पाउने व्यवस्था …

जुम्लामा कैदीबन्दीसहित ३९ जनामा कोरोना संक्रमित

जुम्लामा कोरोना संक्रमितको संख्या पछिल्लो समयमा बढ्दो अवस्थामा रहेको छ । समुदायमा कोरोना भाइरस फैलिएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा परीक्षण गर्दा थप ३९ जनामा संक्रमण देखिएको हो । जिल्लाभर स्थानीय तहमा स्वाब परीक्षण गर्ने क्रममा चन्दननाथ नगरपालिकामा १६, …

१२ जिल्लामा कोभिडको संक्रमण समुदाय स्तरमै, संयमित भए मात्र नियन्त्रण

नेपालको १२ जिल्लामा कोरोना भाइरसको सङ्क्रमण समुदाय चरणमा गएको छ । काठमाडाैँ उपत्यकासमेत पर्ने बागमती प्रदेशको काठमाडाैँ र ललितपुर तथा चितवनसहित प्रदेश २ का धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा तथा प्रदेश १ का मोरङ् र सुनसरी तथा प्रदेश …

वीर अस्पतालमा स्वास्थ्यकर्मी सहित ७१ जनामा कोरोना पुष्टि, ओपीडी सेवा बन्द

काठमाडौंमा रहेको वीर अस्पतालमा ७१ जना कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमित स्वास्थ्यकर्मीको वीर अस्पतालको आइसोलेसनमा रहेको अस्पतालका निर्देशक डा केदारप्रसाद सेञ्चुरीले जानकारी दिए। अस्पताल प्रशासनले सूचना जारी गर्दै अस्पतालको बहिरंग (ओपीडी) सेवा दुई दिनका लागि …

जोखिम भत्ता नपाएपछि मेची अस्पतालका चिकित्सक आन्दोलनमा उत्रिए

मेची अस्पताल झापाका चिकित्सक, नर्स तथा कर्मचारी कोेभिड–१९ को जोखिम मोलेर काम गरे पनि ‘जोखिम भत्ता’ नपाएको भन्दै मंगलवारदेखि आन्दोलनमा उत्रिएका छन् । सरकारले कोभिड–१९ को उपचारमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भने पनि हालसम्म नपाएपछि …

काठमाडौं महानगरपालिकाका मेयर शाक्यलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । महानगरपालिकाका सञ्चार विज्ञ मोहन बाँस्तोलाले मेयर शाक्यलाई कोरोना संक्रमण भएको पुष्टि गरे । सञ्चार विज्ञ बाँस्तोलाले भने, ‘उहाँमा कुनै लक्षण छैन । अहिले घरमै आइसोलेसनमा हुनुहुन्छ । आफूसँग सम्पर्कमा आएकाहरूलाई …

पीसीआर परीक्षणको शुल्क घटाएर अधिकतम मूल्य कायम

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण रहे/नरहेको पत्ता लगाउन गरिने पीसीआरको शुल्क घटाएर अधिकतम ४ हजार ४ सय रुपैयाँ मात्रै लिन पाउने निर्णय गरेको छ । मन्त्रालयमा आइतबार मन्त्री भानुभक्त ढकालको उपस्थितिमा बसेको इन्सिडेन्ट कमाण्ड सेन्टरका पदाधिकारीसहित कोभिड–१९ रोगको …