निजी विद्यालयमा छोराछोरी पढाउने शिक्षकलाई कारबाही नगर्न अन्तरिम आदेश

काठमाडाैं भदौ २७ गते ।निजी विद्यालयमा छोराछोरी पढाएका शिक्षक र जनप्रतिनिधिलाई कारबाही गर्ने दैलेखको गुराँस गाउँपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न/नगराउन उच्च अदालत सुर्खेतले अन्तरिम आदेश दिएको छ । जनप्रतिनिधि र सामुदायिक विद्यालयका शिक्षकका बालबालिकाहरु निजी विद्यालयमा पढाउन नपाउने गरी शिक्षकलार्ई …

चन्दा उठाएर कोरोना संक्रमितको उपचार गर्ने मिनि अस्पताल निर्माण

सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सुकदेव रिसालले चन्दा उठाएर गाउँमा मिनि अस्पताल निर्माण गरेका छन् । गाउँपालिका र माथिल्लो निकायबाट भएको प्रयास पर्याप्त नभएपछि चन्दा सहयोग जुटाएर कोरोना संक्रमणको जोखिममा रहेकालाई राख्ने र संक्रमित भएकालाई …

चितवनमा थप ८७ जनामा कोरोना पुष्टि

चितवन भदौ २७ गते। भरतपुरको सरकारी अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा शुक्रबार भएको कोरोना भाइरसको परीक्षणमा ८७ जनामा संक्रमण पुष्टि भएको छ । प्रयोगशाला प्रमुख डा.नीतु अधिकारीले निकालेको सूचनाअनुसार राति १२ बजेसम्म ५३३ नमुना परीक्षण गर्दा ८७ वटामा संक्रमण पुष्टि भएको …

रक्तसञ्चार केन्द्र भरतपुरले कोरोना सङ्क्रमितहरुका लागि प्लाज्मा बैंक बनाउन शुरु

काठमाडाैं-क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले कोरोना सङ्क्रमितहरुका लागि प्लाज्मा बैंक बनाउन शुरु गरेको छ । हालसम्म केन्द्रले चार जना निको भएका सङ्क्रमितले रगत सङ्कलन गरी प्लाज्मा बनाएको छ । केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार तीमध्ये दुई युनिट प्लाज्मा एक बिरामीलाई दिइसकिएको …

कोभिड-१९ विरुद्धको खोप यसै वर्ष आउन सम्भव छ- एस्ट्राजेनेका

काठमाडाैं -बेलायतको ख्यातिप्राप्त औषधी उत्पादन कम्पनी एस्ट्राजेनेकाले कोभिड-१९ को खोप यसै वर्ष आउन अझै सम्भव भएको बताएको छ। गत मङ्गलबार उक्त कम्पनीले विकास गरेको खोप परीक्षणका क्रममा एक व्यक्ति विरामी परेपछि कम्पनीले खोपको परीक्षणलाई छोटो समयका लागि रोकेको जनाएको थियो। …

स्वास्थ्य केन्द्रले कुहिएको र सडेगलेको औषधि वितरण गरेको विराेधमा नाराजुलुस

नुवाकोट- नुवाकोटको म्यागङ गाउँपालिका कार्यालयले कुहिएको तथा सडेगलेको र मिति सकिसकेको औषधि वितरण गरेको भनी स्थानीयवासीले बिहीबार गाउँपालिकाको विरोधमा नाराजुलुस गरेका छन्। गाउँपालिका–३ स्थित सिउरिनी भञ्याङको देउराली प्राथमिक स्वास्थ्य केन्द्रले कुहिएको र सडेगलेको औषधि आफूहरुलाई वितरण गरेको भनी स्थानीयवासीले गाउँपालिकाको …

कोरोना रोक्न सरकारले भरपुर काम गरिरहेको छ : स्वास्थ्य मन्त्री ढकाल

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि थप क्रियाकलाप र स्रोतको आवश्यकता बढाउँदै लगिएको बताएका छन् । विश्व स्वास्थ्य संगठनको क्षेत्रीय समितिको (दक्षिणपूर्वी एसिया) ७३ औं बैठकलाई बुधवार भर्चुअल सम्बोधन गर्दै उनले बढी जनघनत्व भएका प्रमुख …

करारका १ चिकित्सकको भरमा मनाङ अस्पताल

मनाङ-हिमालपारिको जिल्ला मनाङमा करारका १ चिकित्सकका भरमा स्वास्थ्य सेवा प्रवाह हुँदै आएको छ । जिल्ला अस्पताल मनाङमा जनशक्ति अभावले सेवा प्रवाहमा समस्या भएको छ । एक चिकित्सकले जिल्लाका बिरामीलाई स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने अवस्था छ । मनाङमा कोभिड–१९ को संक्रमणले …

कांग्रेस महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण

कांग्रेस महामन्त्री डा. शशांक कोइरालालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । मंगलबार बिहान धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा गरिएको उनको पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको हो । महामन्त्री कोइरालाको रिपोर्ट पोजिटिभ आएको ईपिडिमियोलोजी तथा सरुवा रोग महाशाखा (ईडीसीडी) स्रोतले पुष्टि गरेको छ …

एकै परिवारका ४ जनामा कोरोना सङ्क्रमण

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका कार्यालयमा कार्यरत कार्यालय सहयोगी परिवारका चार जना सदस्यमा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ। नगरपालिका– ११ का स्थायी बासिन्दा रहेका कार्यालय सहयोगीसहित उनकी श्रीमती, बज्यै र ठूली आमामा कोरोनाको सङ्क्रमण देखिएको हो। नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टका …