तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

सुशिल सुबेदी

सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सुकदेव रिसालले चन्दा उठाएर गाउँमा मिनि अस्पताल निर्माण गरेका छन् । गाउँपालिका र माथिल्लो निकायबाट भएको प्रयास पर्याप्त नभएपछि चन्दा सहयोग जुटाएर कोरोना संक्रमणको जोखिममा रहेकालाई राख्ने र संक्रमित भएकालाई उपचार गर्ने सम्मको मिनि अस्पतालका रुपमा व्यवस्थित आईसोलेसन र क्वारेन्टाईन निर्माण गरेका हुन् ।

त्रिपुरासुन्दरी सहित आसपासका स्थानीय तहले खाँडिचौरमा बनाईएको साझा क्वारेन्टाइन पर्याप्त नभएकाले गाउँमै आईसोलेसन र क्वारेन्टाईन निर्माण गरेर जनतालाई सेवा दिईएको वडा अध्यक्ष सुकदेव रिसालले बताए । ‘माथिल्लो निकायबाट पर्याप्त व्यवस्थापन हुन सकेन । वडामा हामीसँग पनि धेरै स्रोन नभएकाले साथीभाई सल्लाह गरेर इच्छुकहरुबाट बढीमा १ हजारका दरले चन्दा संकलन गरेर वडामै हामीलाई चाहिने आईसोलेसन र क्वारेन्टाईन बनाएका छौं ।’ वडाअध्यक्ष रिसालले अनलाइन सरोकारसँग भने,‘ सरकारले तोकेको मापदण्ड भन्दा अझ राम्रो र व्यवस्थित बनाईएको छ । अहिले कोरोना संक्रमितको उपचारका लागि मात्रै होईन यसलाई पछि अस्पतालकै रुपमा विकास गर्ने हाम्रो लक्ष्य छ ।’ वडा अध्यक्षको योजनामा स्थानीय युुवा र सरोकारवालाले समेत साथ दिएका थिए । आईसोलेसन स्थलमा स्वास्थ्यकर्मीको नियमित निगरानी हुने गरेको छ । 

गाउँमा चन्दा उठाएर निर्माणका गरिएको १० वेडको आईसोलेसन र १५ वेडको  क्वारेन्टाईनलाई थप व्यवस्थित बनाउन लिवर्ड संस्था २ लाख बराबरको सहयोग गरेको थियो । त्यसलाई मापदण्ड अनुसारको बनाउन १ लाख बराबरको अक्सिजन सिलिन्डर लगायतका सामाग्री इसार्ड सुनकोशीले सहयोग गरेको थियो ।

त्रिपुरासुन्दरी गाउँपालिका ३ पात्लेमा रहेको हरिसिद्धि आधारभुत विद्यालयमा मिनि अस्पतालको झल्को दिनेगरि आइसोलेसन र क्वारेन्टाईन बनाईएको छ । विद्यालयमा विद्यार्थीको संख्या कम भएकाले अर्को विद्यालयसँग मर्च गर्ने निर्णय गरेर उक्त भवनलाई अस्पतालको रुपमा प्रयोग गर्ने योजना अघि सारिएको वडाअध्यक्ष रिसालले बताए । आवश्यक परेमा स्वास्थ्य संस्थामा भएका र गाउँमा सर्वसाधारणले खरिद गरेर प्रयोग गर्ने अक्सिजनका सिलिन्डर लगायतका स्वास्थ्य सामाग्रीको प्रयोग गरेर भएपनि गाउँमै उपचार गर्ने व्यवस्था मिलाईएको उनको भनाई छ । ‘मेरो वडाका नागरिकलाई स सानो उपचारका लागि वडामै व्यवस्थापन मिलाएको छु ।’ उनले भने, ‘जनताको प्रतिनिधि हुनुका नाताले थप व्यवस्थापन गर्न लागिपरको छु । सबैको साथ र हौषलाले सफलता मिलिरहेको छ । आगामी दिनमा पनि सहकार्यका लागि आवहन गर्दै सहयोग गर्नेलाई तपाईको मिडिया मार्फत धन्यवाद दिन चाहन्छु ।’ महामारीको रुपमा फैलिएको कोरोना संक्रमणबाट बच्न आवश्यक स्वास्थ्य सतर्कतामा जोड दिन वडाअध्यक्ष रिसालले सबैमा अपिल गरेका छन् ।

त्रिपुरासुन्दरी ३ मा कोरोनाको संक्रमण फैलन सुरु भएदेखिनै सचेतनाको अभियान थालिएको थियो । बाहिरबाट आउनेलाई गाउँ प्रवेशमा कडाई गरेर काठमाडौं बस्ने वडाबासीलाई वडा अध्यक्षको पहलमा १३३ बोरा चामल राहत स्वरुप स्वंयसेवक परिचालन गरेर कोठा कोठामा पु¥याईएको थियो । शहरमा संकट बढ्दै गएसँगै वडाकै पहलमा गाउँ फर्कनेलाई गाउँ लगिएको छ ।

कोरोनको संक्रमणका बेला विद्यार्थीको सिकाईलाई निरन्तरता दिन वडाले ‘डोर टु डोर टिचिङ मेथोड’ अभियान सञ्चालन गरेको थियो । वडा भित्र ५६ जना शिक्षक परिचालन गरेर घरघरमा शिक्षक पठाएर विद्यार्थीको सिकाईलाई सहजिकरण गर्ने अभियान थालिएको थियो । त्रिपुरासुन्दरीका जनप्रतिनिधि, कर्मचारी र स्थानीय अगुवाहरु कोरोनाको कहरमा पनि अग्रपंतिमा रहेर काम गरिरहेका छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …