तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

चितवन भदौ २७ गते। भरतपुरको सरकारी अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा शुक्रबार भएको कोरोना भाइरसको परीक्षणमा ८७ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रयोगशाला प्रमुख डा.नीतु अधिकारीले निकालेको सूचनाअनुसार राति १२ बजेसम्म ५३३ नमुना परीक्षण गर्दा ८७ वटामा संक्रमण पुष्टि भएको उल्लेख छ । संक्रमण पुष्टि भएका सबै चितवनका बासिन्दा हुन् ।

सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका ५० पुरुष र २३ महिला गरेर ७३ जना छन् । कालिका नगरपालिकाका ६ पुरुष र दुई महिला गरेर आठ जना छन् । खैरहनीका दुई पहिला दुई पुरुष गरेर चार जना र रत्ननगरका दुई महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । चितवनमा भरतपुरमा रहेको चितवन मेडिकल कलेजले पनि कोरोना भाइरसको परीक्षण गर्दछ । जसको नतिजा दिउँसो आउने गर्दछ ।

चितवन स्वास्थ्य कार्यालयको विवरण अनुसार शुक्रबार दिउँसोसम्म संक्रमितको संख्या एक हजार १४९ थियो । संक्रमितमध्ये निको हुनेहरु २९५ जना मात्रै रहेको कार्यालयले जनाएको छ । संक्रमितमध्ये चितवनका १६ जनाको मृत्यु भइसकेको छ । चितवनमा भदौ लागेपछि संक्रमण र मृत्यु बढेको हो ।

साउन मसान्तसम्म कुल संक्रमित २०९ जना थिए । चितवनका एक र चितवन बाहिरका एक जना गरेर संक्रमित दुई जनाको मृत्यु भएको थियो ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …