तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

रासस

नुवाकोट- नुवाकोटको म्यागङ गाउँपालिका कार्यालयले कुहिएको तथा सडेगलेको र मिति सकिसकेको औषधि वितरण गरेको भनी स्थानीयवासीले बिहीबार गाउँपालिकाको विरोधमा नाराजुलुस गरेका छन्।

गाउँपालिका–३ स्थित सिउरिनी भञ्याङको देउराली प्राथमिक स्वास्थ्य केन्द्रले कुहिएको र सडेगलेको औषधि आफूहरुलाई वितरण गरेको भनी स्थानीयवासीले गाउँपालिकाको विरोध गर्दै नाराबाजी र जुलुस गरेका हुन्।

सोही स्थानका धनम तामाङ र छेपन तामाङले केही दिन अगाडि ज्वरो आएकाले सिटामोल चक्की स्वास्थ्य केन्द्रबाट लगी खाँदा एक्कासि रिँगटा लाग्ने र बान्ता आएकाले स्वास्थ्य केन्द्रका अनमी बैदेवी हमाललाई भेटेर औषधि देखाउँदा उहाँले औषधि भण्डार गर्ने ठाउँ राम्रो नभएका कारण गुणस्तरहीन भइसकेको हुनाले खान नहुने बताएको स्थानीयवासी काजीमान डंगोलले जानकारी दिए।

गाउँपालिकाका अध्यक्ष आशा तामाङले देउराली प्राथमिक स्वास्थ्य केन्द्रबाट वितरण भएको औषधि गुणस्तरहीन र मिति सकिएकाले बुधबार जलाइएको र यसबारे अनुसन्धान गरिने जानकारी दिए। गाउँपालिका, देउराली स्वास्थ्य केन्द्रका स्वास्थ्य संयोजक फैराज तामाङले स्थानीयवासीलाई वितरण गरिएको औषधिको मिति सकिन अझै एक महिना बाँकी रहेको जिकिर गरे।

प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले औषधिमा लापरबाही गर्ने जोसुकैलाई पनि छानबिन गरी कारबाही गरिने बताए।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …