मेची अस्पताल झापाका चिकित्सक, नर्स तथा कर्मचारी कोेभिड–१९ को जोखिम मोलेर काम गरे पनि ‘जोखिम भत्ता’ नपाएको भन्दै मंगलवारदेखि आन्दोलनमा उत्रिएका छन् ।
सरकारले कोभिड–१९ को उपचारमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भने पनि हालसम्म नपाएपछि उनीहरुले पहिलो चरणमा विरोधस्वरुप मंगलवारदेखि हातमा कालोपट्टी बाँधेर आन्दोलन शुरू गरेका हुन् ।
भदौ २३ गतेसम्म पहिलो चरणको आन्दोलनअन्तर्गत हातमा कालोपट्टी बाँधेर काम गर्ने अस्पतालका मेडिकल अफिसर डा. लेनिस पोखरेलले बताए । उनले मेची अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले ५ महिनादेखि भत्ता नपाएको बताए ।
डा. पोखरेलले तत्काल भत्ता उपलब्ध गराउन माग गर्दै प्रदेश सरकार, स्थानीय प्रशासन र अस्पताल विकास समितिलाई निवेदनसमेत दिएको बताए । ‘हामी आफ्नो ज्यान जोखिममा पारेर सेवामा कार्यरत छौं,’ उनले भने, ‘सरकार आफैंले कोरोना संक्रमणविरुद्ध अग्रपंक्तिमा खटिने चिकित्सक, स्वास्थ्यकर्मीलगायत जोखिम भत्ता दिने व्यवस्था गरेको छ भन्यो तर हामीले अझै पाएनौं । बाध्य भएर आन्दोलनमा उत्रिनुपर्यो ।’
उनका अनुसार उनीहरूको माग सुनुवाइ नभए २४ गतेदेखि अस्पतालको ओपीडी सेवा समेत बन्द गरिने छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. पिताम्बर ठाकुरले असारमै जोखिम भत्ताका लागि सम्पूर्ण कागजातसहित हिसाब १ नम्बर प्रदेशको सामाजिक मन्त्रालयमा पठाइसकिएको बताए ।
उनले प्रक्रिया पुर्याएर काम गर्नुपर्दा रकम निकासीमा केही ढिलो भएको हुनसक्ने बताउँदै भने, ‘सायद अब चाँडै आउँछ होला । आउने बित्तिकै उहाँहरूको मागको सम्बोधन हुन्छ ।’ अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका संयोजक सोमनाथ पोर्तेलले भने आफूलाई आन्दोलनबारे कुनै जानकारी नभएको बताए ।
काठमाडौँ। आधिकारिकताको विवाद चुलिएको नेकपामा दलको विधानसमेत दुई थरी रहेको पाइएको छ । पार्टी एकीकरणका क्रममा आयोगमा एउटा विधान बुझाइएको थियो । उक्त विधान गत …
काठमाडौँ। उपत्यकामा माघ पहिलो सातादेखि भौतिक रूपमै विद्यालय सञ्चालनमा आउने भएका छन् । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण कम हुँदै गएको तथा सरकारले समेत चालू शैक्षिक …
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सूर्य चिह्न चाहिए पार्टीको बैठकमा सहभागी हुन प्रचण्ड–नेपाल समूहलाई आग्रह गर्नुभएको छ । पार्टीले अझै पनि …
काठमाडौँ। ५६ वर्षीया रैबियादेवी सदायले ओछ्यान भएको ठाउँमा साडीले बार लगाएकी छन्। दाउराको ‘मचान’ बनाएकी छन्। त्यसमै पराल ओछ्याएर सुत्छिन्। चिसोका बेला जिउ ढाकेर सुत्ने …