तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । नेपाली जनसम्पर्क समिति मलेसियाले मलेसियाको जोहोर राज्यमा गोविन्द लिम्बूको अध्यक्षतामा ११ जना सदस्य सहित क्षेत्रीय कार्यसमिति पुनः गठन गरेकोछ ।

नेपाली जनसम्पर्क समिति जोहोर क्षेत्रीय कार्यसमितिका उपाध्यक्ष सुनिता साहको सभापतित्वमा र नेपाली जनसम्पर्क समिति मलेसियाको केन्द्रीय अध्यक्ष चोलाकान्त पंगेनीको प्रमुख आतिथ्यता आइतबार मलेसिया स्थित जोहोर राज्यको सेनाईमा भएको एक कार्यक्रममा जोहोर क्षेत्रीय कार्यसमिति सर्वसम्मत नयाँ कार्यसमिति गठन गरिएको समितिका प्रवक्ता लाल बहादुर खड्काले बताउनुभयो ।

उक्त कार्यक्रमले नेपाली जनसम्पर्क समिति जोहोर क्षेत्रीय कार्यसमितिको उपाध्यक्षमा सुनिता साह चयन भएकि छिन्। भने बाँकी रहेका पदहरुमा समितिको पहिलो बैठकमा चयन गरिने समितिका नव चयन हुनुभएको अध्यक्ष गोविन्द लिम्बूले बताउनुभयो ।

नेपाली जनसम्पर्क समिति जोहोर क्षेत्रीय कार्यसमितिका उपाध्यक्ष सुनिता साहको सभापतित्वमा र नेपाली जनसम्पर्क समिति मलेसियाका केन्द्रीय अध्यक्ष चोला कान्त पंगेनीको प्रमुख अतिथिमा भएको कार्यक्रममा विशेष अतिथि नेपाली जनसम्पर्क समिति मलेसियाका केन्द्रीय उपाध्यक्ष कमल गौतम, अर्का उपाध्यक्ष राकेश महतो, र अतिथिहरुमा नेपाली जनसम्पर्क समिति मलेसियाका केन्द्रीय महामन्त्री हरि प्रसाद कोइराला, प्रवक्ता लाल बहादुर खड्का सदस्य लोक बहादुर थापा साथै सञ्चारकर्मी मलया खबरका सम्पादक आरएन चौधरी थारु र बारा दैनिकका कृष्ण गुप्ता, लगायत नेपाली श्रमिकहरुको सहित बाक्लो उपस्थिति रहेको थियो ।

सन् २०२० मा गठन भएको नेपाली जनसम्पर्क समिति जोहर क्षेत्रीय कार्यसमितिले राजनीति मात्र नभएर सामाजिक कामहरु जस्तैः मलेसियाको जोहोर राज्य लगायत मलेसियाको विभिन्न ठाउमा समस्यामा परेको नेपाली श्रमिकहरुको दु:ख सुखमा साथ दिदै केन्द्रले जस्तै आर्थिक भौतिक सहयोग गर्दै आएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …