तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

अनुसा थापा

मुलुकमा यतिबेला चाडबाडको सिजन शुरु भएको छ । साउन लागेसंगै धमाधम चाडबाड आँउछ । अरु बेलाभन्दा चाडबाडमा अत्यन्तै धेरै किनमेल गर्नुपर्ने हुन्छ । साथै, चाडबाड मनाउनका लागि आफन्तको घर जाने क्रम पुरानो हो । तर, यसरी घरबाहिर निस्किदा चोरीको घटना घट्ने सम्भावना निम्तिन्छ । घरमा कोही नभएको मौका छोपेर चोरी हुन सक्छ ।चाडबाडको सिजन शुरु भएसंगै चोरीका घटना पनि ह्वात्तै बढ्छ । आफू घरबाहिर हुँदा मेरो घर सुरक्षित छ भनेर हिँड्न सक्ने अवस्था छैन् । रातको समयमा ढुक्क भएर सुत्न सकिदैंन् ।

सरकारले जनतालाई सुरक्षाको अनुभुति गराउन सकेको छैन् । गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो ठाँउबाट पहल नगर्दा जनता अझै पनि असुरक्षित छन् । उनीहरुको घर असुरक्षित छ । सबैभन्दा धेरै चोरीको घटना दशैंमा घट्छ । तर, दशैं लाग्न नपाउदै चोरी भएको भनेर सुन्नमा आइरहेको छ । अहिले नै यस्तो छ भने दशैंमा के होला ? दशैंमा त झन प्रायजसोको घर नै रित्तो हुन्छ । कोठामा चाबी लगाएर हिँड्ने प्रवृत्ति छ । यता, बजारमा चोर पनि छ्याप्छ्याप्ती हुन्छन् । चोरहरु अहिले देखि नै सल्बलाउन थालिसकेका छन् । किनमेल गर्ने क्रममा केही पत्तो नै नपाइकन पाकेटमारले पाकेट खाली पारिसकेको हुन्छ ।

सार्वजनिक यातायात, टिकट काउण्टर, व्यापारिक मललगायत भीडभाड हुने स्थानमा चोरको बिगबिगी हुन्छ । त्यसैले आफ्नो सामान जोगाउन जनता पनि सतर्क रहनुपर्छ । चोरी हुनबाट रोक्नका लागि आफू पनि  जिम्मेवार बन्नुपर्छ । पहिले आफ्नो थैलीको मुख बलियो बनाउनुपर्यो कि चोरले चोर्न नसकोस् । घरबाट कतै बाहिर निस्किनुपरेमा राम्रोसंग झयाल ढोका बन्द गर्ने । छिमेकीलाई खबर गर्नेलगायतका काम गरेमा पनि चोरीका घटनाहरुमा धेरै कमी आउन सक्छ । मठमन्दिर, बजारलगायत अन्य स्थानमा जाँदा टन्न गरगहना लगाएर प्रचार गर्ने काम पनि बन्द गर्नुपर्छ ।

गरगहना चोरी मात्र होइन्, आफ्नो ज्यानसमेत खतरामा पर्न सक्छ । देखाउनका लागि आफूमाथि खतरा आउने काम कसैले पनि नगरौं । जनता पनि सरकारको मात्र सुरक्षामा भर पर्नुहुन्न । सरकारको भर पर्दा केही पनि बाँकी रहदैन् । आफू अलिकति जिम्मेवार बनिदिने हो भने चोरीका घटना न्युनिकरण हुन सक्छ । जनताले कसरी निस्फ्रिकी चाडपर्व मनाउन सक्छन् भनेर विषयमा गृह मन्त्रालयले अहिलेसम्म छलफलमा बोलाएका छैनन् । सुरक्षाकर्मी र प्रमुख जिल्ला अधिकारीहरुलाई बैठकमा बोलाएर छलफल गर्न गृहमन्त्री खाँणलाई कुने चासो छैन् ।

चाडबाडमा रमाइलोका लागि मदिरा सेवन गर्ने पनि बढ्छन् । समाज र टोलटोलमा झैझगडाका घटनाले पनि निकै ठाँउ पाउछ । दिनभर जुवातास खेलेर पैसा उडाउने पनि चाडबाडमा उत्तिकै हुन्छ । घरभित्रै दंगा शुरु हुन्छ । एउटाले गर्दा पुरै समाजमा खैलाबैला हुन्छ । कुटाकुट गर्दा कतिपयको ज्यानसमेत जान सक्छ । त्यसैले गृह मन्त्रालयले बेलैमा ध्यान पुर्याउनुपर्छ । घटना घट्नुअघि नै सचेत हुनु राम्रो । अब बजारमा कालोबजारीले गर्नेहरु पनि ह्वात्तै बढछन् । एक सय रुपैंया पर्ने सामान तीन सय रुपैंया हालेर किन्नुपर्ने बाध्यता जाइलाग्छ ।

टिकट काउण्टरहरुमा पनि बिचौलिया सल्बलाउछन् । टिकटमा पनि कालोबजारी हुन्छ । दोब्बर मूल्यमा टिकट किन्नुपर्ने बाध्यता आइपर्छ । बजारमा अनुगमन बढाऊ भनेर गृह मन्त्रालयले हरेक जिल्लाका सिडियोलाई अहिलेसम्म पनि निर्देशन दिएको छैन् । यता, सुरक्षाको दायरा बढाउनका लागि सुरक्षाकर्मीहरुलाई पनि खटाइएको छैन् । मँहगीको कारणले जनताको चुलो बाल्न नसक्ने अवस्था बनिसकेको छ । यातायात व्यवसायीले पनि दोब्बर भाडा लिएर जनता ठगिरहेका छन् । सवारी साधन दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या पनि दिनहु उकालो लागिरहेको छ ।

तापनि, सरकारलाई अलिकति पनि मतलब छैन् । प्रदेश सरकार त नाम मात्रको सरकार भइहाल्यो । सिडियो र प्रदेश सरकार नै व्यापारीसंग मिलेको देखिन्छ । बजार अनुगमन गर्नलाई न गृह मन्त्री खाँण तात्छन् न सिडियो । उदोग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडु हात बाँधेर बसेका छन् । विगतको तथ्याकं हेर्ने हो भने सबैभन्दा धेरै सवारी साधन दुर्घटनामा दशैंमा पर्छ । अरु बेलाभन्दा दशैंमा धेरै दुर्घटना हुनु पछाडि धेरै कारण छ । न चेकिङ कडा छ न बाटोघाटो राम्रो । सिटभन्दा बढी यात्रु हाल्नु यातायात व्यवसायीको त विगतदेखि चलिआएको चलन नै भइहाल्यो ।

सरकारको कमीकमजोरीका कारणले वर्षेनि थुप्रो जनताको ज्यान जान्छ । ट्राफिक प्रहरी प्रमुख मीरा चौधरी पनि आफ्नो ठाँउबाट जिम्मेवार बनिदिनुपर्यो । उनले सम्पूर्ण ट्राफिकलाई चेकिङ बढाउनका लागि निर्देशन दिनुपर्छ । सार्वजनिक यातायातमा अझै कडाइका साथ अनुगमन हुनुपर्छ । दशैं लागेसंगै घर जानेको संख्या बढेको छ । तर, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राईले गाडीको छत निकाल्नुपर्छ भनेर निर्णय गरेको छैन् । यता, यातायात व्यवस्था विभागका महानिर्देशक सुरेश राउतको पनि यतातिर ध्यान गएको छैन् ।

दशैंको मौका छोपेर यातायात व्यवसायीले छतभरि सामान हाल्छन् । बाटोमा प्रहरी नभएपछि उनीहरु छतमै समेत यात्रु बोकेर हिँड्छन् । चाडबाड लागिसकेपनि कसरी अघि बढ्ने ? भनेर अनुगमन गर्नका लागि कुनै पनि निकायले योजना तयार पारेको छैन् । सरकारले पनि जनतालाई सचेत बनाउनुपर्छ । सरकारले विभिन्न माध्यमबाट जनचेतनाका कार्यक्रम ल्याउन सक्छ । तर, गृहमन्त्री खाँणसंग यति गर्ने पनि क्षमता छैन् । अरु देशमा सवारी साधन दुर्घटना परेर कसैको ज्यान गयो भने सरकार जिम्मेवार बन्छ । त्यहाँको सरकारले आफ्ना नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेको छ ।

तर, नेपालमा ठ्याक्कै त्यसको उल्टो छ । यहाँ बर्षेनि दुर्घटनामा परेका हजारौंले ज्यान गुमाउदा पनि सरकार जिम्मेवार बन्दैन् । न सम्बन्धित व्यक्तिले आफ्नो गल्ती स्वीकार्दै राजीनामा दिन्छन् । दशैं आउन अब एक महिना पनि बाँकी छैन् । बजारमा किनमेल गर्नेको चहलपहल छ । घर जानेको भीड पनि बढेको छ । बैंकबाट पैसा निकाल्नेको संख्या पनि बढेको देख्न सकिन्छ । तर, कुनै पनि क्षेत्रमा व्यवस्थित सुरक्षा संयन्त्र खडा गरिएको छैन् । गृह मन्त्री खाणले यति पनि गर्न नसक्ने हो भने तत्कालै राजीनामा दिनुपर्यो । नत्र भए सुरक्षाकर्मी र सिडियोलाई बोलाएर बजारमा निगरानी राख्न निर्देशन दिनुपर्यो ।

सुरक्षाकर्मीले पनि जनताले तिरेको करबाट तलबभत्ता खाने तर काम केही नगर्ने । दिन कटाउने माना पचाउने काम भइरहेको छ । बजारमा के भइरहेको छ ? के चलिरहेको छ ? मँहगीले जनतालाई कति मारमा पारेको छ ? कालोबजारी भइरहेको त छैन् ? भनेर अनुगमन गर्नुपर्यो । जनतालाई सुरक्षा दिने र राष्ट्रलाई सेवा दिने भनेर सुरक्षाकर्मीहरुले जागिर खाएका हुन् । तर, जनतालाई उनीहरुले के सुरक्षा दिए त ? जनताले मुलुकमा सुरक्षाकर्मी छन् भनेर अनुभव गर्न सकेका छैनन् । देशको सीमाना भारत मिचेको मिच्यै गर्छ तर पनि सुरक्षाकर्मी मौन ।

सुरक्षाकर्मीको मुख्य काम भनेको नेताहरुको चाकडी गर्नु मात्र हो । एउटा नेताको पछाडि एक दर्जन सुरक्षाकर्मी खटिएका हुन्छन् । तर, जनताको सुरक्षा गर्न कोही पनि छैनन् । दशैंमा ट्राफिक जाम एकदमै धेरै हुन्छ । अहिले नै ट्राफिक जाम जनताका लागि टाउको दुःखको विषय बनेको छ । झन् दशैंमा त यसले उग्र रुप लिन्छ । अझै पनि सरकारले गर्छ भनेर सोच्नु नै गलत हो । अहिलेको सरकार असफल भयो भनेर पुष्टि भइसकेको छ । यो सरकारले जनताका लागि केही काम गर्न सक्दैन् । आफू पनि राम्रो काम नगर्ने र अरुलाई पनि गर्न नदिने काम भइरहेको छ ।

एकअर्काको खुट्टा तान्नु नेपालमा वर्षौदेखि चलिआएको प्रवृत्ति हो । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले बेसमेण्ट पार्किङ हटाउन थालेपछि नेपाली कांग्रेसका नेताहरुलाई भत्भती पोलेको छ । कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले उनको प्रगति देख्न सकेनन् । बालेनको खंखुर विरोध गरिरहेका छन्  । तर, बालेनले नराम्रो कामचाहि के गर्यो ? काठमाडौंका जनतालाई ठिक लागेको छ भने अरुलाई केको चासो । नेकपा एमाले र कांग्रेसले राम्रो काम गरेको भए  स्वतन्त्र आउदैनथ्यो ।

राम्रो काम गर्नेलाई प्रोत्साहनको साटो निरुत्साहन गरेपछि कसरी मुलुकको रुप फेरिएला ? अब बालेन जसरी काम गर्नुपर्यो , होइन् भने प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री खाँणले राजीनामा दिनुपर्यो । महेश बस्नेत र मीनबहादुर विश्वकर्माको विरोधमा जनता सडकमा आउनुपर्यो ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …