तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

खोटाङ । खोटाङ जिल्लामा ७९ वडाका जननिर्वाचित वडाध्यक्षहरुका लागि तीनदिने अभिमूखिकरण कार्यक्रम शुरु गरिएको छ ।

बुधबार खोटाङ जिल्ला समन्वय समितिको संयोजनमा प्रदेश प्रशिक्षण केन्द्र, स्थानीय शासन सहयोग कार्यक्रम तथा प्रदेश मन्त्रालयको आयोजनामा बुधबार नवनिर्वाचित वडाका प्रतिनिधिहरुलाई विध्यमान संबैधानिक र कानूनि प्रावधान सम्बन्धि तीनदिने अभिमुखिकरण कार्यक्रम दिन थालिएको हो ।

दिक्तेल जिल्ला समन्वय समितिको सभाहलमा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले उद्घाटन गरी सुरु भएको प्रशिक्षण कार्यक्रममा ७९ वटा वडाका वडा अध्यक्षहरुलार्ई आफ्नो काममा सहयोग पुग्ने उद्धेश्यले यो अभिमुखिकरण कार्यक्रम राखिएको जिसस प्रमुख राईले बताउनुभयो ।

बुधबारदेखि सुरु भएको कार्यक्रम शनिबार सम्म सञ्चालन हुनेभएको छ। अभिमूखिकरण कार्यक्रमको उद्घाटन सत्रमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टरार्ई, जिल्ला समन्वय समितिका उपप्रमुख सुरेश तामाङ, नगरपालिकाका उपप्रमुख विसन रार्ई, प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडार्ई, जिल्ला समन्वय अधिकारी दधिप्रसाद आचार्यको उपस्थिति रहेको थियो ।

नवनिर्वाचित वडाध्यक्षहरुलार्ई उपसचिव शशि राई, अभय गुप्ता, नबराज कार्की, सन्तोष पोखरेल लगायतले प्रशिक्षण दिनुभएको हो। अभिमूखिकरण कार्यक्रममा १२ वटा भन्दा बढि बिषयमा प्रशिक्षण दिइने जनाइएको छ। यो कार्यक्रम जनप्रतिनिधिहरुका लागि प्रभाबकारी र फलदायी हुने प्रशिक्षण कार्यक्रममा सहभागी दिप्रुङचुईचुम्मा गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष डम्वर खड्काले बताए ।

जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर रार्ईको अध्यक्षतामा शुरु भएको कार्यक्रमको सहजिकरण बिध्या गौतमले गर्नु भएको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …