तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय समितिको निर्णयविपरीत सत्ता गठबन्धन दलसँग चुनावी तालमेलको प्रयास थालेपछि शेखर कोइराला समूहका नेताहरूले पार्टीभित्र असन्तुष्टि जनाउदै महामन्त्री गगनकुमार थापा सोमबारको गठबन्धन बैठकमा गएनन् ।

सभापति देउवाले कोइराला समूहबाट निर्वाचित महामन्त्री थापालाई गठबन्धनका बैठकमा बोलाउने गरेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजकत्वको कार्यदलमा समेत सदस्य छन् । सोमबार कार्यदल र गठबन्धनको संयुक्त बैठक बसेको थियो ।

स्रोतका अनुसार दिनभरिका कुनै पनि बैठकमा थापा सहभागी भएनन् । ‘आइतबारसम्म गगनजी पनि बैठकमा हुनुहुन्थ्यो तर सोमबारको बैठकमा उहाँ आउनुभएन,’ बालुवाटार बैठकमा सहभागी एक नेताले भने, ‘त्यसले कांग्रेस तालमेलको पक्षमा एक ढिक्का छैन भन्ने प्रस्टिएको छ ।’ 

नेता कोइरालाले सकेसम्म चुनावी तालमेल गर्न नहुने र गर्नै परे पार्टीको केन्द्रीय समितिको निर्णयबमोजिम मात्रै गर्न सकिने भन्दै आएका छन् । सभापति देउवा पक्षकै विभिन्न जिल्लाका नेताहरूको विरोधपछि केन्द्रीय समितिले स्थानीय अवस्था र आवश्यकतामा आधारित भएर तालमेल गर्न सक्ने भन्ने निर्णय लिएको थियो ।

उम्मेदवारको मनोनयनको मिति नजिकिँदै गर्दा तालमेलको नाउँमा गठबन्धन दलहरूले केन्द्रबाट भागबन्डा गर्ने निर्णय गरेर कार्यकर्तामाझ लाद्ने देखिएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …