तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

नवलपरासी । नेपाल तरुण दलका अध्यक्ष विद्ववान गुरुङले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन कांग्रेसका उम्मेदवारहरूलाई जिताउनुपर्ने बताएका छन् ।

नवलपरासीको बर्दघाटमा नेपाल तरुण दल बर्दघाट नगर कार्यसमितिद्वारा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले कांग्रेसको नेतृत्वमा सरकार बनाउन कांग्रेसको जित अनिर्वाय रहेको बताएका हुन ।

उनले भने, ‘चाहेर पनि, नचाहेर पनि गठबन्धन गरेर चुनावमा जानुछ । प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले  दिनुभएको निर्देशनलाई हामी सबैले मान्नुपर्छ ।एमालेलाई हराउन पनि मिलेर जान जरुरी छ । एमालेको अहँकार र घमण्डलाई तोडेर कांग्रेसको जित गराउनुछ’, अध्यक्ष गुरुङले भने, ‘एकताबद्ध बनेर कांग्रेसलाई जिताउन अनुरोध गर्न चाहन्छु ।

उनले सबैभन्दा ठूलो भ्रष्टाचार स्थानीय तहमा भएको बताएका छन् ।स्थानिय तहमा एमालेले जितेका ठाउँमा भ्रष्टाचार भएको छ । एमालेको भण्डाफोर गर्नुपर्छ’, उनले भने, ‘कांग्रेसले गरेका राम्रा कामका विषयमा जनतालाई घर–घरमा पुगेर जानकारी गराउनुपर्छ ।

अध्यक्ष गुरुङ कांग्रेसका उम्मेदवारहरूलाई जिताउन तरुणहरूको भूमिका रहेको बताए । उनले सबै तिक्तताहरू भुलेर गठबन्धनलाई सहयोग गर्न पनि आग्रह गरेका छन् ।

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालले कांग्रेसले स्थानीय तहमा जित्ने बताएका छन् । त्यसका लागि आफूहरू तयारी अवस्थामा रहेको बताए ।

कार्यक्रममा नवप्रवेशीहरूलाई तरुण अध्यक्ष गुरुङले स्वागत गरेको तरुण दल बर्दघाट नगर कार्यसमितिका अध्यक्ष विकास थापाले जानकारी दिए ।

कार्यक्रममा नेपाल तरुण दल नवलपरासीका अध्यक्ष सुक गुरुङसहितका तरुण र कांग्रेस नेताहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …