तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

स्याङ्जा । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दलहरूको चुनावी सरगर्मी बढेको छ । यसैबीच नेपाली कांग्रेस वलिङ नगरपलिका वडा न २ को वडा अध्यक्षका लागि सहिद परिवारबाट पदमपाणि रेग्मीको उम्मेदवारि बलियो रहेको स्थानिय युवाहरुले ठहर गरेका छन ।

निर्वाचनमा कांग्रेसबाट जो कोहीले टिकट पाएपनि जीत निश्चित जस्तै रहेको वालिङ नगरपालिका २ मा निर्वाचनमा कसले टिकट पाउँछ, त्यो कुन समूहसँग छ भन्ने कुराको ख्याल नगरीकन रुख चिह्नलाई छातीमा राखेर हिँडिरहेका स्थानिय युवाहरु रेग्मीलाई वडा अध्यक्ष बनाउन अघी सरेका हुन ।

बिद्यार्थी जीवन देखी राजनितीमा होमिएका रेग्मी एकपटक अवसरको रूपमा पनि मैले नेतृत्व गर्नुपर्छ भनेर वडा अध्यक्षको रुपमा प्रस्तुत गरेको बताउछन । नेपाल शिक्षक संघको केन्द्रिय सदस्य समेतको जिम्मेबारी समालेका रेग्मी पछील्लो समय बागमती सर सफाइ अभियानको बोर्डमा बसेर काम गरेको अनुभब उनिमा रहेको छ । आफूले कोभिड कार्यकालमा आइसोलेसन सेन्टर निर्माण जनतालाई प्रत्यक्ष सेवा दिएको स्मरण गर्दै हरेक विपत्तिका बेला जनताको साथमा रहेर प्रत्यक्ष रूपमा काम गर्नका लागि वडा अध्यक्षमा मेरो उमेद्वारी रहेको रेग्मीको भनाइ छ ।

उनले भने, ‘मैले विद्यार्थीकालमा गरेका सकारात्मक कामका कारण पनि आज वडा अध्यक्षको दर्बिलो रुपमा आकांक्षा राखेको छु तर गुटबन्दी होइन केवल काङ्ग्रेस भएर मात्र चुनाबि मैदानमा उत्रने रेग्मीको भनाइ छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …