तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

जीवन पाख्रीन तामाङ

काभ्रे ।नेपाली कांग्रेस बनेपा नगर कार्यसमितीद्वारा आयोजित बधाई, शुभकामना तथा पाटी प्रबेश कार्यक्रममा नेकपा एमाले जिल्ला सदस्य वडा अध्यक्ष सहित विभिन्न पार्टी परित्याग गरि सयौं कार्यकर्ता नेपाली काङ्ग्रेस प्रवेश गरेका छन् ।

बनेपा नगर कार्यसमितिले आयोजना गरेको कार्यक्रमका प्रमुख अथिती नेपाली कांग्रेसका केन्द्रिय महामन्त्री गगन कुमार थापा थिए भने विशिस्ट अथिती नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य गणेश लामा,मधु आचार्य बागमती प्रदेश सभापति इन्द्र बानियाँ काभ्रे जिल्ला सभापति तिर्थ लामा लगाएत अग्रज नेताहरू द्वारा नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य शुर कृष्ण वैध,जनता समाजवादी युवा सघठनका केन्द्रिय सदस्य उपमहासचिव सुनिल छेवाङ लामा र धुलिखेल नगरपालिका ८ का निर्वाचित वडा अध्यक्ष नेकपा एमाले जिल्ला सदस्य निराजन जंगम सहितको टिमलाई  अबिर लगाएर स्वागत गरेका थिए।

समाजवादी युवा संघठनका केन्द्रिय उपमहासचिव लगाएत नव प्रवेशिकाहरुको भनाई देशलाई सहि दिशामा बिकासको मुल फुटाउन नेपाली काङ्ग्रेस बाहेक अन्य पार्टीले कुनै पनि हलातमा नसकिने जिकिर गरे।अन्य पार्टीले भ्रमको खेती गरि जनता र देशलाई अन्योलमा राखेको आरोप समेत लगाउदै अब हामी बि पि को सिद्धान्तमा समावेश भएको बताए।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …