तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

झापा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आगामी स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

झापाको बिर्तामोडस्थित डोमालाल रङ्गशालामा आयोजित नेपाल आइस पाँचौँ झापा गोल्डकपको समापन समारोहलाई सम्बोधन गर्दै उहाँले सो धारणा राख्नुभएको हो । “मुलुक निर्वाचनमा प्रवेश गरिसकेको छ,” उहाँले भन्नुभयो, “आचारसंहिताको पूर्णपालना गर्र्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र परदर्शी बनाउन आग्रह गर्छु ।”

दुई महिनाभित्र निर्वाचन सम्पन्न हुने बताउँदै उहाँले नेपाल अनुशासित लोकतान्त्रिक पद्धति र प्रगतिको मार्गमा अघि बढिरहेको सन्देश विश्वलाई दिनुपर्ने उल्लेख गर्नुभयो । “जीतहार एउटा पाटो हो,” उहाँले भन्नुभयो, “परस्परमा हार्दिकता राखेर चुनाव सम्पन्न गर्नुपर्छ ।”

नेता सिटौलाले खेलकुदको विकासमा सबै राजनीतिक दल, सङ्घसंस्था लाग्नुपर्नेमा पनि जोड दिनुभयो । डोमालाल रङ्गशालाको संरक्षणमा सबैलाई जुट्न आग्रह गर्दै उहाँले यसका लागि स्थानीय तहले विशेष पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा रङ्गशालाका लागि जग्गादान गर्ने डोमालाल राजवंशीको परिवारलाई सम्मान गरिएको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …