तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

तौलिहवा। स्थानीय तहको निर्वाचन मिति घोषणा भएसँगै राजनीतिक चहलपहल बढेको छ। स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर काँग्रेसले घर घर जाऔं काँग्रेसलाई जिताऊ भन्ने अभियान चलाएसँगै अन्य पार्टी त्यागेर काँग्रेसमा आउनेको लहर नै चलेको हो।

शुद्धोधन गाउँपालिकाको लबनीमा आयोजना गरिएको आम सभा तथा पार्टी प्रवेश कार्यक्रममा शुद्धोधन गाउँपालिका ३ का वडाध्यक्ष महिबुद्दीन मुसलमानले राप्रपा त्यागेर काँग्रेसमा प्रवेश गर्नुभएको छ। 

त्यस्तै सोही वडाका वडा सदस्य शिवशंकर चौधरी, रीता पासी, वडा नम्बर २ का वडा सदस्य मायाराम यादव, मायादेवी गाउँपालिका– ४ की वडा सदस्य ज्ञानमति पासी लगायत ७ सय ३४ जना काँग्रेसमा प्रवेश गरेको काँग्रेस नेता राजेश सिंहले जानकारी दिनुभयो।

काँग्रेस लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्य, भारतका लागि पूर्व राजदूत तथा काँग्रेस नेता दीपकुमार उपाध्याय, जिल्ला अध्यक्ष अब्दुल कलाम खा, नेता राजेश आचार्यलगायतको टोलीले नवप्रवेशीलाई फूलमाला, टीका, गम्छा र पार्टीको सदस्यता प्रदान गरेको हो।

लोकतन्त्र र प्रजातन्त्र स्थापनाका लागि लामो संघर्ष गरेका पार्टीले नै देशमा विकास, रोजगारी दिगो शान्ति ल्याउने भएकाले आम जनता काँग्रेसप्रति विश्वास गरेको महामन्त्री आचार्यले बताउनुभयो। राप्रपा त्यागेर कांग्रेस प्रवेश गर्नुभएका वडाध्यक्ष महिमुद्दिन मुसलमानले राष्ट्रिता प्रजातन्त्र र लोकतन्त्र स्थापनामा काँग्रेसको मुख्य भूमिका भएको र देश विकास काँग्रेसकै नेतृत्वमा भएकाले आफू कांग्रेसमा प्रवेश गरेको बताउनुभयो।

काँग्रेस प्रदेश २ ख का अध्यक्ष वलीउद्दीन मुसलमानको अध्यक्षता र वीरेन्द्र शुक्लाको सञ्चालनमा भएको कार्यक्रममा पार्टी जिल्ला सभापति अब्दुल कलाम, नेता राजेश आचार्य, कमलेशकुमार शर्मा, क्षेत्रीय लगायतले पालिकाको निर्वाचनमा काँग्रेसलाई बलियो हुने किसिमका क्रियाकलाप सञ्चालन गर्नुपर्ने सुझाव दिएका थिए।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …