तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं  । नेपाली काङ्ग्रेसको पदाधिकारी बैठकले सबै भात्री संगठनहरु भङ्ग गरि तदर्थ समिती गठन गर्ने निर्णय गरे सँगै काठमाडौ क्षेत्र न .२ को तरुन दल क्षेत्रीय सदस्य समेत रहेका दिपेन्द्र पोखरेल तरुण दल केन्द्रीय तदर्थ समितिको सचिवमा चर्चामा रहेका छन ।

तदर्थ समितिको पदाधिकारी देखि सदस्य सम्मको लागि युवा नेता हरुको होड्बाजी चलेबेला सचिव पदमा पोखरेल चर्चामा रहेका हुन ।

नेबिसंघमा ३२ बर्शे उमेर हद छ भने तरुण दलमा ४५ बर्ष  कायम गरेको छ । तरुण दलमा निकै लामो समय वडा तह देखि क्षेत्र सम्म सकृय भएर  देशै भरिको तरुणहरुमा चिर परिचित पोखरेल यतिबेला भने केन्द्रीय तदर्थ समितिको सचिबमा चर्चामा परेका हुन ।

पोखरेल काठमाडौ क्षेत्र न .२ को तरुन दल क्षेत्रीय सदस्य हुन ।बेला बेलामा मिडियामा तार्किक अन्तर्वार्ता दिने पोख्रेल अहिले राजनीती बृत्तमा निकै चर्चित छन ।

नेपाल तरूण दलको विधान, २०१०, २०५५, २०५८, २०६१, २०६४ र २०६९ मा संशोधन र परिमार्जितको परिच्छेद ६ को दफा २३ को उपदफा ११ बमोजिम केन्द्रीय अध्यक्षले केन्द्रीय कार्यसमितिका सदस्यहरूमध्येबाट दुई सचिव मनोनित गर्नेपाउने ब्यबस्थाले  एक पदमा पोख्रेलको सम्भावना बलियो बनेर गएको हो ।

तरुण दलको काम कार्वाहीमा पोख्त उनी केन्द्रीय तदर्थ समितिको सचिब पदमा उपयुक्त ब्यक्ति रहेको भन्दै उनी समर्थनले सामाजिक सन्जाल तताएका छन । बिधान अनुसार पहिला केन्द्रिय  सदस्य भएपछी मात्र उनको लागि यो बाट खोल्नेछ ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …