तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

कास्की । (नेकपा एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माणको अभिभारा आफ्नो दलको प्राथमिकता रहेको बताउनुभएको छ । 

नेकपा एमाले गण्डकी प्रदेश कमिटिद्वारा आज पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले एमालेका कार्यकर्ता पद तथा ओहोदाका लागि नभइ समाज निर्माणमा क्रियाशील हुनुपर्नेमा जोड दिनुभयोे ।

जनतालाई मनपर्ने गरी काम गर्न कार्यकर्तालाई निर्देशन दिँदै अध्यक्ष ओलीले सामाजिक न्याय र समानताका क्षेत्रमा पार्टी निरन्तर लागिरहेको बताउनुभयो । आफ्नो दल लोकतन्त्रको मूल्य मान्यता, स्वच्छता, पारदर्शीता आदिलाई आत्मसात् गर्दै अघि बढिरहेको छ भन्दै  उहाँले एमालेको विचार, व्यवहार र निष्ठा अन्यसँग तुलना गर्न नमिल्ने जिकिर गर्नुभयो ।

विभिन्न दलबाट एमाले प्रवेश गरेका कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष ओलीले पार्टीको सिद्धान्त बमोजिम देश र जनताका पक्षमा क्रियाशील हुन आग्रह गर्नुभयो ।

अन्तर्राष्ट्रिय नारी दिवसबारे  चर्चा गर्दै अध्यक्ष ओलीले नेपालमा महिला सशक्तिकरण बढेको र आफूलाई प्राप्त जिम्मेवारीलाई उनीहरूले सफलताका साथ बहन गरिरहेको बताउनुभयो । कार्यक्रम नेकपा एमाले गण्डकी प्रदेश कमिटिका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा भएको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …