तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

गण्डकी। गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सीमित स्रोतसाधनका बाबजुद पनि नेपालमा आँखामा लाग्ने जस्तोसुकै रोगको उपचार प्रभावकारी बन्दै गएको बताउनुभएको छ ।

पोखरा महानगरपालिका–१७ घारीपाटनस्थित हिमालय आँखा अस्पतालको २९औँ वार्षिकोत्सव समारोहको आज उद्घाटन गर्दै उहाँले नेपाल सरकार तथा दातृनिकायको अथक प्रयासबाट स्थापना भएका अस्पतालबाट सर्वसाधारणको आँखा उपचारमा पहुँच पुगेको बताउनुभयो । “आँखाको सुरक्षासँगै उपचारमा संलग्न चिकित्सकलगायत सम्पूर्ण शक्ति जिम्मेवार भएर लाग्नुपर्दछ”, उहाँले भन्नुभयो ।

नेपालको पहिलो आँखा रोग विशेषज्ञ डा रामप्रसाद पोखरेलले २०२७ सालमा आँखाको उपचार र शल्यक्रिया शुरु गरेर अन्धकारमा रुपमलिएकालाई उज्यालो बाँढ्ने अभियानमा जुटेको सो अवसरमा प्रमुख गुरुङले स्मरण गर्नुभयो । उहाँले २०३८ सालमा अमेरिकी नागरिक डा विलेण्डले मुलुकको सबै क्षेत्रका आँखाका रोगीको १०८ नमूना सङ्कलन गरी परीक्षण गर्दा परेला फर्कने र मोतियाबिन्दु रोगको समस्या समाधान गर्न अभियान सञ्चालन भएको बताउनुभयो ।

नेपालको आँखाको उपचार पद्धति गुणस्तरीय भएका कारण भारतीय नागरिकसमेत उपचारका लागि आउने गरेको उहाँले बताउनुभयो । उपचारमा आवश्यक अत्याधुनिक प्रविधि भित्र्याउन सक्दो सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पोखरा विश्वविद्यालयका उपकुलपति प्रा डा प्रेमनारायण अर्यालले विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी आँखा अस्पतालको अध्ययन अध्यापन सञ्चालन गरेको उल्लेख गर्दै आगामी दिनमा आवश्यकताअनुसार अन्य विषय थपिने जानकारी दिनुभयो । आँखा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा इलिया श्रेष्ठले अस्पतालले एक वर्षको अवधिमा एक लाख १७ हजार २८९ जनाको आँखा परीक्षण गर्नुका साथै पाँच हजार ५४२ जनाको शल्यक्रिया गरिएको जानकारी दिनुभयो । अस्पतालले यसअघि गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा २६ आँखा शिविर सम्पन्न गरी १० हजार ८३३ जनाको आँखा परीक्षण र एक हजार ३७६ जनाको आँखाको शल्यक्रिया गरिसकेको छ । यस्तै १९ विद्यालयमा सञ्चालन गरेको शिविरबाट आठ हजार ३१८ जनाको आँखा परीक्षण गर्नुका साथै २३३ छात्रछात्रालाई निःशुल्क चश्मा वितरण गरेको थियो ।

गण्डकी, धौलागिरि र कर्णालीमा आँखाको उपचार गर्ने लक्ष्यका साथ तीन दशकअघि आइकेयर फाउण्डेशन नेदरल्याण्डको सहयोगमा ६० रोपनी जग्गा खरिद गरी आवश्यक भौतिक पूर्वाधार तयार गरिएको थियो । कार्यक्रममा नेत्रज्योति सङ्घ कास्कीका अध्यक्ष कृष्णबहादुर गुरुङ, सङ्घका पूर्वअध्यक्ष प्रा डा दिलबहादुर क्षेत्री, अस्पतालका अनुसन्धान अधिकृत पवन बराल, कर्मचारी युनियनका अध्यक्ष प्रेमकुमार नकर्मीलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …