तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं ।प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले खोप केन्द्रको विस्तार गर्न र आमनागरिकलाई कोभिड विरुद्धको खोप छिटो, छरितो र प्रभावकारी ढङ्गले उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।  

कोभिड–१९ को नयाँ भेरियन्ट (ओमिक्रोन) को सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानीप्रसाद खापुङ, मन्त्रालयका सचिव डा रोशन पोखरेल, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रतिनिधिलगायतसँग  यसको समाधान व्यवस्थापन, उपचार, रोकथाम र नियन्त्रणका लागि भएको छलफलपछि समितिले खोपको दायरा बढाउन निर्देशन दिएको हो । समितिले भीडभाड कम गर्न आवश्यक व्यवस्था गर्न र कोरोनाको जोखिम भएको जिल्लामा ‘कन्ट्याक्ट टे«सिङ’ लाई प्रभावकारी बनाउने परीक्षणको दायरा बढाउन निर्देशन गरेको छ । 

सरकारी अस्पतालमा ‘पीसीआर’ परीक्षण निःशुल्क गर्न र निजीमा शुल्क समायोजन गर्न पनि भनिएको छ । समितिले अशक्त, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र बालबालिकालाई घरघरमै खोपको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । प्रत्येक प्रदेशमा खोप भण्डारणको व्यवस्था गरी यसलाई प्रभावकारी बनाउन र अस्पतालमा आवश्यकतानुसार दक्ष जनशक्ति व्यवस्था गर्न भनिएको छ ।

समितिले अस्पतालमा आइसियु, भेन्टिलेटर, अक्सिजनलगायत आवश्यक कुराको व्यवस्था गर्न र कोभिड विरुद्धको खोप वितरणको अभिलेख राख्न पनि निर्देशन गरेको छ । कोभिडको उपचार, रोकथाम र नियन्त्रणको कार्यलाई प्रभावकारी बनाउन सङ्घ, प्रदेश र स्थानीय सरकारबीचको समन्वय र सहकार्यलाई प्रभावकारी बनाउन र खटिएका डाक्टर, नर्सलगायत सबै स्वास्थ्यकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री र जोखिम भत्ता तुरुन्त उपलब्ध गराउन निर्देशन गरिएको छ । नेपाल भारत सीमा नाकामा ‘होल्डिङ सेन्टर’ सञ्चालनका आवश्यक प्रबन्ध मिलाउन पनि सरकारलाई निर्देशन दिइएको छ ।रासस                                                                                                                     

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …