तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रदेश र स्थानीय तहलाई कोभिड–१९ तथा नयाँ भेरिन्ट ओमिक्रोन नियन्त्रणका लागि थप सर्तक भएर तयारीमा लाग्न भनेको छ ।

महामारीको विश्वव्यापी जोखिम कायम रहेको र थप सङ्क्रमक भेरियन्ट ओमिक्रोन नेपाल भित्रिएकाले थप सजग हुँदै तयारीमा लाग्नुपर्ने निर्देशक कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ । प्रदेश र स्थानीय तहका स्वास्थ्य निर्देशननालय तथा कार्यालयलाई भीडभाड हुन नदिने, मास्कको प्रयोग गर्ने, हात धुनेलगायत जनस्वास्थ्यका मापदण्ड पूर्णरूपमा पालना गर्न भनिएको छ । समुदायमा जोखिम क्षेत्र (हटस्पट) पत्ता लगाएर एन्टिजिन किटद्वारा परीक्षणको दायरा बढाउन भनिएको छ । 

महामारीको जोखिम बढिरहेकाले महाशाखाले पहिचान भएका कोभिड–१९ केसको आइसोलेशन, उपचारलगायतको व्यवस्थापनमा समन्वय र सहयोग गर्न भनिएको छ । पहिचान भएका सङ्क्रमितसँग सम्पर्कमा आएकालाई कन्ट्याक ट्रेसिङ गर्न र सीमा नाकामा रहेका प्रवेश विन्दुबाट प्रवेश गर्ने यात्रुको पोटोकलअनुसार परीक्षण तथा व्यवस्थापन गर्न भनिएको छ । 

खोप लगाउन छुटेका लक्षित वर्गको पहिचान तथा खोप प्रयोगमा वृद्धि गर्न महाशाखाले भनेको छ । घरमै होम आइसोलेशनमा रहेका र क्वारेन्टिनमा रहेकालाई निगरानी गर्न भनिएको छ । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …