तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं  । गुरुङ समुदायको मुख्य पर्व तमू ल्होसार (पुस १५) का दिन सार्वजनिक  बिदा दिन सरकारसँग माग गरिएको छ ।  गुरुङहरूको धार्मिक सामाजिक संस्था तमू प्येल्हू सङ्घद्वारा चितवनमा आयोजित शुभकामना तथा अन्तक्र्रिया कार्यक्रममा सहभागी गुरुङहरूले उक्त पर्वमा सार्वजिनक बिदा दिन माग गरेका हुन् । 

सङ्घका जिल्लाअध्यक्ष लालप्रसाद गुरुङले राज्यले तमू ल्होसारलगायत जनजातिका पर्वको बिदा कटौती गरेर धर्म संस्कार र संस्कृतिप्रति बेवास्था  गरेको आरोप लगाउनुभयो । 

बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णलाल भडेलले पुर्खाले आर्जेको, भषा धर्म, संस्कार र संस्कृति जोगाउनुपर्नेमा जोड दिनुभयो ।  

भाषा धर्म संस्कृति हराए मानिस रहनुको कुनै अर्थ नरहने उहाँको  भनाइ थियो ।  मन्त्री भडेलले तमू ल्होसारको अवसरमा सार्वजनिक बिदाका लागि आफूले पहल गर्ने बताउनुभयो ।   

विसं २०६२÷६३ को जनआन्दोलन सफल भएपछि नेपाल सरकारले तमू ल्होसारका दिन पुस १५ गते  सार्वजनिक बिदा दिँदै आएकामा केही वर्षयतादेखि  सो बिदा कटौती गरिएकाले गुरुङ राष्ट्रिय परिषद् (तमू ह्यूल छोजधी)ँ ले पनि यस विषयमा सरकारलाई  ज्ञापनपत्र बुझाउँदै आएको  जनाइएको छ ।  

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …