तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

खोटाङ । नेपाली कांग्रेस खोटाङका नेता रामकुमार श्रेष्ठको मंगलबार राती आफ्नै निवास चिसापानीमा निधन भएको भएको छ ।

मुटुका रोगी श्रेष्ठको पटक पटक काठमाण्डौंस्थित हृदय रोग केन्द्रमा उपचार गराई हाल नियमित औषधी सेवन गर्दै आइरहनु भएको थियो । 

श्रेष्ठ विक्रम संवत् २०४९ सालको पहिलो स्थानीय निकायको निर्वाचनमा साविक चिसापानी गाविसको अध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित हुनभएको थियो ।

त्यसैगरी विक्रम संवत् २०५७ सालको जिल्ला अधिवेशनबाट क्षेत्रीय सभापति र विक्रम संवत् २०६२ सालमा जिल्ला सदस्य हुदै २०६७ र ७२ मा महाधिवेशन प्रतिनिधि हुनुभएको कांग्रेस श्रोतले जनाएको छ। 

श्रेष्ठको स्वास्थ्यमा केही सुधार भएपछि गत शनिबार काठमाण्डौंबाट चिसापानीस्थित आफ्नो घरमा फर्किनुभएको पारिवारिक श्रोतले जनाएको छ । श्रष्ठको निधनमा खोटाङ कांग्रेसले ३, दिन पार्टीको औपचारिक कार्यक्रम स्थगन १, दिन पार्टी कार्यालय बन्द तथा १, दिन कांग्रेसको झण्डा झुकाउने निर्णय गरिएको सचिव ज्ञानेन्द्र जोशीले बताउनुभयो।

स्वर्गीय श्रेष्ठको आजै सावाखोला स्थित पवित्र धार्मिकस्थल भानुमतिमा अन्तिम स्रंस्कार गरिने नेका जन्तेढुङ्गा गाउँपालिका सभापति बाजेन्द्र बिष्टले बताउनुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …