तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

खोटाङ। नेपाल शिक्षक संघ खोटाङको नवौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । गत शुक्रवार दिक्तेलस्थित समिक्षालय हलमा उद्घाटन भै शनिवार भएको निर्वाचन प्रकृयाबाट नयाँ नेतृत्व चयन गर्दै नवौँ जिल्ला अधिवेशन  सम्पन्न भएको हो ।

दिक्तेल स्थित सरस्वती माविमा शनिवार भएको निर्वाचनमा शिक्षक मेजर राईले ३८८ मत प्राप्त गरी नेपाल शिक्षक संघ खोटाङको अध्यक्षमा निर्वाचित हुनुभएको छ। भने अर्का अध्यक्षका उम्मेदवार जयन्ती राईले २४७ मत प्राप्त गर्नु भएको छ । उहाँहरुको वीचमा १४१ मतान्तर रहेको जनाइएको छ । मेजर राई हाल हलेसी तुवाचुङ नगरपालिकास्थित दुर्छिम माविमा प्रधानाध्यापकको जिम्मेवारी सम्हालिरहनुभएको छ भने जयन्ती राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित सरस्वती माविमा शिक्षण पेशामा  कार्यरत हुनुहुन्छ ।

यस्तै उपाध्यक्षमा महिला तर्फ मुना चौलागाइले ४३७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको प्रतिस्पर्धी उम्मेदवार कुसुम कुमारी घिमिरेले १५९ मत पूाप्त गर्नु भएको छ । 

यसैगरी खुला उपाध्यक्षमा सुमन खत्रीले ३१५ मत प्राप्त गरी विजयी बन्नुभएको छ । उहाँको प्रतिस्पर्धी उम्मेदवारहरु पवन कुमार बस्नेतले २०७ र ज्ञानेन्द्रकुमार राईले ६८ मत प्राप्त गर्नु भएको छ। सचिवमा राजन खड्काले ३६९ मत प्राप्त गरी विजयी बन्नुभएको छ । उहाँको प्रतिस्पर्धी उम्मेदवारहरु देवचन्द्र ढकालले २०७ मत र ढकप्रसाद घिमिरेले ११७ मत प्राप्त गर्नु भएको छ । अर्थ सचिवमा कुमार खनाल निर्वाचित बन्नुभएको छ। 

त्यसैगरी सहसचिवहरुमा गुमानसिंह सुनुवार , इश्वर राई (जनजाती) तथा गोपाल विक (दलित समूह) निर्वाचित हुनुभएको छ । भने सदस्यहरुमा मन्दिप राई, नारायण बस्नेत, र रवि खड्का निर्वाचित बन्नुभएको छ ।

केन्द्रिय प्रतिनिधिहरुमा शिवहरि ढकाल, पदम बहादुर कार्की तथा गोकुल रोकाया छानिनुभएको निर्वाचन श्रोतले जनाएको छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …