तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) । तनहुँ र चितवनको सीमा क्षेत्रमा पर्ने देवघाटमा हरेक वर्ष आयोजना हुने माघे सङ्क्रान्ति मेलालाई व्यवस्थित पारिने भएको छ । मेलालाई व्यवस्थित बनाउन तीन वटै जिल्लाका स्थानीयलाई समेटेर १५१ सदस्यीय माघे सङ्क्रान्ति मेला मूल व्यवस्थापन समिति गठन गरिएको छ ।

धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको देवघाटधाममा हरेक वर्षको माघे सङ्क्रान्तिमा लाखौँ भक्तजन स्नानका लागि आउने गर्दछन् । स्नानका लागि आउने तीर्थयात्रीको सहजताका लागि यही पुस ३० गते बिहानैदेखि उक्त स्थानमा सवारीसाधन निषेध गरिएको छ । देवघाटको झोलुङ्गे पुल जीर्ण भइसकेकाले सो पुलमा पुस ३० गतेदेखि नै सवारीसाधनलाई निषेध गरिने देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरेले जानकारी दिनुभयो । 

देवघाटको बेणी सङ्गममा स्नान गर्न चितवन, तनहुँ र नवलपुरबाट जान मिल्ने भए पनि चितवनबाट बाटो सहज हुने भएकाले सोहीअनुसारको यातायात व्यवस्थापन गरिने घिमिरेको भनाइ छ । त्रिशूली तथा कालिगण्डकी नदी तरेर सङ्गम स्थल पुग्नका लागि प्रति व्यक्ति रु ३० भन्दा बढी पैसा लिन नपाउने गरी क्षेत्र विकास समितिले शुल्क तोकेको घिमिरेले जानकारी दिनुभयो । देवघाटमा माघे सङ्क्रान्ति स्नानका लागि पुस मसान्तदेखि नै नेपालका विभिन्न जिल्ला तथा भारतबाट समेत तीर्थयात्री आउने गरेका छन् । 

गत वर्ष कोरोना कहरका कारण देवघाटमा स्नान गर्न प्रतिबन्ध गरिएकामा यस वर्ष भने देवघाट स्नानलाई व्यवस्थित पारिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रिप्रसाद अधिकारीले बताउनुभयो । अधिकारीका अनुसार देवघाट स्नानका लागि बेणी सङ्गम तथा चितवन र नवलपुरको किनारमा क्षेत्र निर्धारण गरिएको छ । स्नानका क्रममा कुनै अप्रिय घटना हुन नदिन सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिने भन्दै अन्य सुरक्षाका लागि तीन वटै जिल्लामा नेपाल प्रहरीका सुरक्षाकर्मी परिचान हुने अधिकारीले बताउनुभयो ।

मेलालाई व्यवस्थित गर्न २० वटा उपसमिति गठन गरिएको छ । स्वयंसेवक सेवक परिचालन, धुनी व्यवस्थापन, बजार व्यवस्थापन तथा सरसफाइ, खानेपानी व्यवस्थापन, प्राथमिक उपचार, बिजुली बत्ती, डुङ्गा व्यवस्थापनलगायत उपसमिति गठन गरिएका छन् । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …