तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

रुपन्देही । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक बिस्तारको काम अघि बढने भएको छ । सडक बिस्तारको काम लामो समयसम्म पनि अगाडी बढ्न नसकेपछि स्थानियवासी आन्दोलित बनेका थिए । सडक बिस्तारको काम अगाडि बढने भएपछि आजदेखि आह्वान गरेको धर्ना कार्यक्रम स्थगन गरिएको छ ।

चुरे तिनाउ संरक्षण समिति बुटवलका नाममा सङ्गठित स्थानीयवासीले सडक मर्मतको मुख्य मागसहित पहिरो नियन्त्रणको समुचित व्यवस्थापन र बस्ती सुरक्षित बनाउन दवाब दिन भन्दै आजदेखि डिभिजन सडक कार्यालय बुटवलमा धर्नाको कार्यक्रम सार्वजनिक गरेका थिए । सडकको भेरिएसन अर्डर स्वीकृत भई ठेकेदारले काम सुरु गर्ने भनेकाले धर्नाको कार्यक्रम स्थगन गरिएको समितिका अध्यक्ष कमल गौतमले जानकारी दिनुभयो ।

समितिले झुम्सा खानेपानी योजना तुरुन्त सम्पन्न गर्नुपर्ने, ज्योतिनगर, लक्ष्मिनगर पाखापानी र ताइवान टोलमाथिको पहिराको नियन्त्रण गरी बस्तीलाई तत्काल सुरक्षित गनुपर्ने माग राखी दुई महिने संर्घषका कार्यक्रम सार्वजनिक गरेको थियो । अन्य कार्यक्रमलाई यथावत राख्दै बन्दको कार्यक्रम स्थगन गरिएको गौतमले बताउनुभयो ।

समितिले केही दिनअघि नागरिक समाज तथा सरोकारवालासँगको अगुवाइमा जिल्ला प्रशासन कार्यालय, मुख्यमन्त्रीको कार्यालय र बुटवल उपमहानगरपालिकाको कार्यालयमा समस्या समाधानका लागि ध्यानाकर्षण गराएको थियो ।रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …