तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

एजेन्सी । कर्नेल विश्वविद्यालयले डिसेम्बर ७ देखि १३ सम्म  यहाँका ९०३ विद्यार्थीहरूमा कोभिड-१९  सङ्क्रमण पुष्टि भएको  बताएको छ ।

विश्वविद्यालयका अधिकारीहरूले ती मध्ये “धेरै उच्च प्रतिशत” पूर्ण रूपमा खोप लगाएका व्यक्तिहरू छन् र तिनीहरूमा ओमिक्रोन सङ्क्रमण देखिएको छ । 

विश्वविद्यालय सम्बन्धका लागि उपाध्यक्ष जोएल मालिनाले विज्ञप्ति जारी गर्दै ओमिक्रोन भेरियन्टको लगभग सबै केसहरू पूर्ण रूपमा खोप लगाइएका विद्यार्थीहरूमा फेला परेको  र केहीले बुस्टर शट पनि  लगाएका थिए। विश्वविद्यालयका झण्डै ९७ प्रतिशत विद्यार्थीलाई खोप लगाइएको छ ।

संक्रमण बढ्दै गएपछि विश्वविद्यालयले न्यूयोर्क राज्यको इथाका क्याम्पस बन्द गर्ने घोषणा गरेको छ ।

अन्तिम सेमेस्टर परीक्षाहरू अनलाइन माध्यमबाट लिइनेछ भने एथलेटिक्स र अन्य गतिविधिहरू स्थगित गरिएको छ    त्यसैगरी पुस्तकालयहरू अर्को आदेश नभएसम्म बन्द गर्न आदेश दिइएको छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …