तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। लामो समयको पर्खाइपछि काठमाडौँ उपत्यकावासीले दीर्घकालीन व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहर व्यवस्थापन गर्न पाउने भएका छन् । हालको व्यवस्थापनस्थल नुवाकोटस्थित सिसडोलमा फोहर व्यवस्थापन गर्न थप कठिन भएपछि काठमाडौँ महानगरपालिकाले दीर्घकालीन फोहर व्यवस्थापन गर्नेबारे चासो देखाएको हो ।

कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले दीर्घकालीन फोहर व्यवस्थापनस्थलमा पहिलो सेल निर्माणको काम सम्पन्न भएकाले फोहर राख्ने काम सुरु गर्न सम्बन्ध भएका निकायसँग प्रक्रिया सुरु गरिएको बताउनुभयो । “प्रक्रिया पूरा गरी आगामी मङ्सिरको दोस्रो सातादेखि फोहर राख्ने वातावरण मिलाउने कामपाको योजना छ”, प्रमुख श्रेष्ठले भन्नुभयो, “यस विषय प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पनि जानकारी गराइसकेका छौँ ।”

हाल फोहर व्यवस्थापन भइरहेको स्थानमा विगत १४ वर्षदेखि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन हुँदै आएको छ । निर्माणाधीन बञ्चरेडाँडाको काम एक वर्षमा सम्पन्न गर्ने भन्दै २०७६ वैशाखदेखि सुरु गरे पनि हालसम पहिलो सेलको मात्र काम सकिएको छ । दीर्घकालीनरुपमा फोहर राख्ने स्थानको समस्या भएको भन्दै कामपाले निर्माणको काम सक्दो छिटो सकेर हस्तान्तरण गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ ।

बञ्चरेडाँडामा दीर्घकालीन फोहर विसर्जन स्थान (स्यानिटरी ल्याण्डफिल साइट) निर्माण गर्न विसं २०७६ वैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोशी एण्ड न्यौपाने जेभी (उपक्रम)सँग ठेक्का सम्झौता गरिएको थियो । सम्झौताअनुसार निर्माणको सम्पूर्ण काम गत वैशाखमा नै सकिनुपर्ने भए पनि दोस्रो सेलको काम अझै सकिएको छैन ।

सहरी विकस तथा भवन निर्माण विभागले दसैँ अगावै भने बञ्चरेडाँडामा पहिलो ‘सेल’ निर्माणको काम पूरा भएकाले फोहर व्यास्थान गर्न सकिने जानकारी गराइसकेको बताएको छ । उपत्यकाबाट दैनिक एक हजार २०० मेट्रिकटन फोहर सिसडोलमा विसर्जन हुन्छ । यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिकटन फोहर निस्किने गर्दछ । रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …