तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

सिमकोट। हुम्लाको खार्पुनाथ गाउँपालिका–५ दुर्पा गाउँस्थित सामुदायिक स्वास्थ्य संस्था चार महिनादेखि बन्द छ । यहाँ कार्यरत दुई कर्मचारीले काम गर्न छाडेपछि उक्त संस्था बन्द भएको हो ।

कर्णाली प्रदेश मातहतको सो स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीले तलब नपाएपछि गत साउनमा उनीहरुले स्वास्थ्य संस्था छाडेका थिए । गाउँपालिकाले समेत त्यसप्रति ध्यान नदिँदा स्थानीयवासी उपचारबाट वञ्चित छन् । स्थानीय जसबहादुर रोकायाका अनुसार स्वास्थ्य संस्था बन्द हुँदा यहाँका बासिन्दा खर्पेगाउँ स्वास्थ्य चौकी र सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पताल धाउन बाध्य छन् ।

“सामान्य बिरामी हुँदा पनि घण्टौँ हिँड्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो । स्वास्थ्य चौकीका लागि प्रदेश सरकारले एक एक अहेब र अनमी खटाएको छ । उनीहरुले तलब पाउन नसक्दा काम गर्न छाडेका हुन् । खर्पेगाउँ स्वास्थ्य चौकीबाट एक कर्मचारी खटाए पनि उनले काम गर्न सकेका छैनन् । प्रदेश सरकारले साउनदेखि तलब दिन नसक्दा स्वास्थ्यकर्मी बेरोजगार बनेका छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …