तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

चितवन। जिल्ला प्रहरी कार्यालयले चाडपर्वका समयमा जुवा खेल्ने १८ जनालाई रु दुई लाख ९१ हजार ६०५ सहित पक्राउ गरेको छ ।कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार जिल्लाका विभिन्न स्थानमा दसैँदेखि तिहारसम्मका अवधिमा जुवा खेलेका उनीहरुलाई पक्राउ गरिएको हो । उहाँका अनुसार असोज २८ गते खैरहनी नगरपालिका–९ मगनीबाट लुडो खेलेको अवस्थामा रु ९९ हजार ३२० सहित पाँच जना, कात्तिक १५ गते भरतपुर महानगरपालिका–४ यज्ञपुरीस्थित कटेजमा तास खेलेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ । उनीहरुबाट नगद रु १६ हजार १५ बरामद भएको उहाँले जानकारी दिनुभयो ।

यस्तै कात्तिक १६ गते भरतपुर महानगरपालिका–६ चोकबजारबाट कौडा खेलिरहेको अवस्थामा आठ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट रु ५३ हजार ७० बरामद गरिएको थापाले बताउनुभयो । यस्तै कात्तिक २० गते भाइटीकाको दिन कौडा खेलिरहेको अवस्थामा राप्ती नगरपालिका–८ बाट तीन जनालाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट रु एक लाख २३ हजार २०० बरामद भएको थियो ।

प्रवक्ता थापाका अनुसार पक्राउ परेका उनीहरुको साथबाट ३२ वटा कौडा, चौकोष दुई थान, तास एक बुक, लुडो बोर्डसमेत बरामद गरिएको छ । पक्राउ परेका उनीहरुलाई अपराध संहिता ऐनअन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा कारबाही गरिएको उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …