तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

चितवन । राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन केन्द्रमा हुर्काइएका आठ गिद्ध आज प्रकृतिमा छाडिएको छ । यहाँ हुर्काएर १८ महिनाअघि नवलपरासीको पिठौलीस्थित जटायु रेस्टुरेन्ट संरक्षण केन्द्रमा राखिएका गिद्धलाई आज छाडिएको हो । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा रामचन्द्र कँडेलले गिद्ध प्रकृतिमा छाड्नु भएको हो । सो अवसरमा कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशङ्कर मर्दनिया, निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना, प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य र निकुञ्ज सुरक्षार्थ खटिएको खड्गदल गणका गणपति शशिकुमार कार्कीको उपस्थिति थियो । 

प्रमुख संरक्षण अधिकृत आचार्यका अनुसार पिठौलीमा रहेको खोरमा प्रकृतिमा रहेका गिद्धको रहनसहनमा घुलमिल हुने गरी केही समय राखेपछि आज प्रकृतिमा छाडिएको हो ।  यसअघि सन् २०१७ मा ६ पोथी, सन् २०१८ मा तीन पोथी र दुई भाले तथा सन् २०१९ मा चार पोथी र तीन भाले गिद्धलाई यसरी नै प्रकृतिमा छाडिएको थियो । 

महानिर्देशक कँडेलले प्रकृतिमा गिद्धको सङ्ख्या बढाउन यो उपयोगी भएको बताउनुभयो । अति सङ्कटापन्न अवस्थामा रहेको डङ्गुर जातको गिद्धको सङ्ख्या बढाउन संरक्षण गरी हुर्काएर प्रकृतिमा छाडिएको हो । नेपालले विश्वमा नै पहिलो पटक लोप हुन लागेको गिद्ध खोरमा हुर्काएर प्रकृतिमा छाड्ने कामको थालनी गरेको कँडेल बताउनुहुन्छ ।

हाल नवलपरासीसँगै दाङ, कैलाली र कोसीटप्पुमा जटायु रेस्टुरेन्टमार्फत गिद्धको संरक्षण गरिँदै आएको छ । कँडेलले यसबाट परिस्थितीय प्रणालीको जगेर्नामा टेवा पुगेको बताउनुभयो । प्रकृतिमा रहेका गिद्धलाई सबैले संरक्षण गर्नुपर्ने  उहाँको भनाइ छ । 

सन् २००८ देखि कसरामा संरक्षण गरी गिद्ध हुर्काउन थालिएको हो । हाल कसरामा १५ भाले र १५ पोथी गिद्ध छन् । यस वर्ष गिद्धले हालसम्म चार अण्डा पारेको कार्यालयले जनाएको छ । एक हप्तामा पिठौलीमा प्रकृतिमा रहेका १० गिद्धलाई नियन्त्रणमा लिएर ढाडमा स्याटलाइट ट्याग जडान गरी छाडीएको छ । गिद्धको चरिचरन, घुलमिल, बासस्थानलगायत विषयमा स्याटलाइटमार्फत अध्ययन गरिने निकुञ्जले जनाएको छ । 

मुख्यरुपमा पशु बिरामी पर्दा नदुख्नका लागि प्रयोग गरिने डाइक्लोफिनाक औषधि प्रयोग गरेपछि मरेको पशुको मासु खाँदा गिद्ध मरेको संरक्षणकर्मी बताउँछन् । सन् २००४ मा पाकिस्तानमा डाइक्लोफिनाक औषधि प्रयोग गरेका पशुको मासु खाएका कारण गिद्ध मरेको तथ्य पत्ता लागेको थियो । त्यस्ता मासु खाँदा गिद्धको मिर्गौलामा खराबी हुने र गिद्ध मर्ने गरेको बताइन्छ ।  रासस                                                                                                                       

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …