तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

वालिङ। स्याङ्जामा थप २९ जनामा एचआईभी सङ्क्रमण दखिएको छ । गह्रौँ प्राथमिक अस्पतालमा परीक्षणका क्रममा ११ जनामा तथा जिल्ला बाहिरका अस्पतालमा १८ जनामा एचआईभी सङ्क्रमण देखिएको हो ।

सबै सङ्क्रमितले नियमित औषधि सेवन गर्दै आएको गह्रौँ अस्पतालका एआरटी परामर्शदाता शङ्कर जिसीले जानकारी दिनुभयो । सङ्क्रमित वालिङ, भीरकोट, गल्याङ, चापाकोट नगरपालिका, कालीगण्डकी गाउँपालिका, पर्वत र गुल्मीका रहेका छन् । गह्रौँ प्राथमिक अस्पतालले एआरटी सेवा आरम्भ गरेसँगै हालसम्म २४८ सङ्क्रमितलाई औषधिसहित परामर्श प्रदान गरिएको जिसीले बताउनुभयो । एआरटी सेवा लिनेमा पुरुष १२१, महिला ११७ र बालबालिका १० छन् ।

“हालसम्म १५ जनाले एचआईभी एड्सबाट ज्यान गुमाएका छन्”, उहाँले भन्नुभयो । एचआईभी सङ्क्रमित विस्तारै खुल्न थालेको जिसी बताउनुहुन्छ । “पहिला थाहा पाउँछन् कि भन्ने डरले अन्यत्रबाट औषधि लिने गरेका थिए, अहिले यहीँ आउन थाल्नुभएको छ”, उहाँले भन्नुभयो । जिल्लामा असार मसान्तसम्म ९८ महिला, ९४ पुरुष र आठ बालबालिका एचआईभीबाट सङ्क्रमित भएका थिए । एक सय ७४ जनाले औषधि तथा परामर्श सेवा लिएका छन् ।

विसं २०७६ असार मसान्तसम्ममा ९३ महिला, ८८ पुरुष र १२ बालबालिका एचआईभी सङ्क्रमितमध्ये १६४ जनाले अस्पतालबाट औषधिसहित परामर्श लिएको जिसीले बताउनुभयो । “सङ्क्रमितमध्ये १३३ जनाको गह«ौं प्राथमिक अस्पतालले निःशुल्क स्वास्थ्य बीमा गरेको छ”, उहाँले भन्नुभयो । एक सय ३४ सङ्क्रमितले कोभिड–१९ विरुद्धको खोपसमेत लगाइसकेका छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …