तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

लहान। स्थानीय प्रशासनले चाडपर्वलाई लक्षित गरी बजार अनुगमन तीव्र बनाएको छ । यस क्रममा अनुगमन टोलीले सिरहा र सप्तरीका विभिन्न ठाउँमा म्याद नाघेका सामान बिक्री गर्ने व्यापारीलाई कारबाही गरेको छ ।

टोलीले विभिन्न पसलबाट झण्डै डेढ लाख मूल्य बराबरको म्याद नाघेका र गुणस्तरहीन सामान बरामद गरी नष्ट गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीको अगुवाइमा बजार अनुगमन गरिएको हो । टोलीले राजविराज नगरपालिका–७ स्थित आरयुपी जनरल स्टोरलाई रु १० हजार जरिवाना गरेको कार्यालय प्रमुख सुरेशकुमार सिंहले जानकारी दिनुभयो । अनुगमनका क्रममा सिरहाका विभिन्न पसलबाट रु ६० हजार तथा सप्तरीका पसलबाट रु ९५ हजारको म्याद नाघेका सामान बरामद गरी नष्ट गरेको छ ।

सिरहा सदरमुकामस्थित प्रदीप हट कोल्ड एण्ड जनरल स्टोर, श्रवण इन्टरप्राइजेज, रवि जनरल स्टोर तथा सप्तरीको राजविराजस्थित सियाराम किराना पसल, अल इमरान जनरल स्टोर, आनन्द किराना पसल, सगरमाथा होटल, महुली होटल, सप्तरीको कञ्चनरुप नगरपालिका–८ को निखिल किराना स्टोर, महेन्द्र किराना पसल, दुखन किराना पसल तथा प्रमोद पान पसलबाट सामान बरामद गरी नष्ट गरेको छ ।

पसल अनुगमनका क्रममा मूल्यसूची नराखेका पसलमा अविलम्ब उपभोक्तालाई देखिने गरी मूल्यसूची राख्न, म्याद नाघेका खाद्यवस्तुलाई नष्ट गर्न तथा उनीहरुलाई सचेत गराइएको सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी नाथु साहले जानकारी दिनुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …