काठमाडौँ। स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ३०७ पीसीआर परीक्षणमा शुक्रबार थप १७४ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ लाख १४ हजार २८९ पुगेको छ ।
यस्तै एन्टिजेन विधिद्वारा गरिएको २ हजार ५३७ परीक्षणबाट ९ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको ४ हजार ८४४ परीक्षणमा १८३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
हालसम्म देशभर ४४ लाख ४७ हजार ५०० नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ११५ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या ८ हजार ४१३ रहेको छ ।
पछिल्लो २४ घण्टामा थप ६४९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ९४ हजार ४३८ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४३८ पुगेको छ ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …