तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मस्को। रुसमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अत्यधिक धेरै देखिएको छ ।

सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा रुसमा ४० हजार ४४३ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

योसँगै देशभरी अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या ८६ लाख ३३ हजार ६४३ पुगेको पनि उनीहरुले जानकारी दिएका छन् ।

त्यसैगरी कोरोनाका कारण देशभरीमा अहिलेसम्म मृत्यु भएकाहरूको कुल सङ्ख्या दुई लाख ४२ हजार ६० पुगेको अधिकारीहरूले बताएका छन् । तीमध्ये पछिल्लो एक दिनमा एक हजार १८९ जनाको मृत्यु भएको हो ।

रूसमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या ७४ लाख ४५ हजार ४३८ रहेको छ । यो सङ्ख्या पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएका ३२ हजार ८०७ सहितको हो ।

रुसमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने नौ लाख ४६ हजार १४५ रहेको छ । नयाँ थपिएका सङ्क्रमितमध्ये छ हजार ८२७ जना केन्द्रीय राजधानी मस्कोका मात्रै रहेका छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …