तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। उद्योगी व्यवसायीहरुको छाता सङ्गठन नेपाल उद्योग परिसङ्घ (सिएनआई) ले देशको आर्थिक विकासका लागि राजनीतिक स्थिरता र नीतिगत सुधार अपरिहार्य भएको जनाएको छ ।

सिएनआईका अध्यक्ष विष्णुकुमार अग्रवालले मुलुकको अर्थतन्त्रको विकासका लागि औद्योगिकीकरण अपरिहार्य रहेको र सोका लागि समयसापेक्ष नीतिगत सुधार गरिनुपर्ने बताउनुभयो । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नवनिर्वाचित कार्यसमितिसँग आज समसामयिक विषयको छलफलका क्रममा अध्यक्ष अग्रवालले देशको अर्थतन्त्रको विकासका लागि राजनीतिक स्थिरता चाहिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “नीतिगत स्थिरता नहुँदा औद्योगिकीकरण र अर्थतन्त्रको प्रवद्र्धनका लागि समस्या भइरहेको छ, त्यसैले औद्योगिकीकरण अर्थतन्त्रको गुरु मन्त्र भएकाले यसले अर्थतन्त्र बढ्नाका साथै पूँजी पनि वृद्धि हुनेछ ।” अध्यक्ष अग्रवालले कोभिडपछि अर्थतन्त्रका केही क्षेत्रमा अवस्था सामान्य बन्दै गएको भए पनि अझै एयरलाइन्स, होटेल आदि व्यवसायमा असहज परिस्थिति रहेकाले अर्थतन्त्रको विकासका लागि चुनौती रहेको औँल्याउनुभयो ।

सिएनआईका निवर्तमान अध्यक्ष शतिशकुमार मोरले मुलुकको राजनीतिक अस्थिरताले अर्थतन्त्रलाई नकारात्मक असर पार्नसक्ने खतरा औँल्याउँदै समयसापेक्ष नीतिगत सुधार गरेर अर्थतन्त्रलाई गतिशील बनाउन जरुरी भएको उल्लेख गर्नुभयो ।

सेजनका अध्यक्ष जनार्दन बरालले आर्थिक क्षेत्रको प्रवद्र्धन तथा आर्थिक पत्रकारहरुको दक्षता अभिवृद्धिका लागि दुवै संस्थाले सहकार्य गरेर अघि बढ्नु सकिने धारणा राख्नुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …