तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

चितवन। ट्र्याक्टर दुर्घटामा मृत्यु भएका मजदुरका परिवारलाई रु ३० लाख सहयोग हस्तान्तरण गरिएको छ । मृत्यु भएका छ जना परिवारलाई प्रतिपरिवार रु पाँच लाखका दरले राप्ती नगरपालिकाकाले सहयोग गरेको हो ।

विसं २०७७ चैत २९ गते पूर्वी चितवनको राप्ती –११ स्थित चिउरीखोलामा ना१त ६२८२ नंको ट्र्याक्टर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा घर ढलान गरेर फर्किँदै गरेका छ मजदुरको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए । नगर प्रमुख प्रभा बरालले दुर्घटनामा ज्यान गुमाएका परिवारलाई राहातस्वरुप सहयोग गरिएको जानकारी दिनुभयो । पाँच परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । एक मृतकका दुईवटी श्रीमतीतर्फ चार छोराछोरी रहेकाले चारै जनालाई बराबर हुने गरी दिने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । उक्त परिवारलाई जिल्ला प्रशासन कार्यालयका रोहवरमा हस्तान्तरण गर्ने व्यवस्था गरिएको छ ।

राप्ती नगरपालिकाले रु १५ लाख, खैरहनी नगरपालिकाले रु पाँच लाख, पूर्वी चितवन भवन निर्माण व्यवसायी सङ्घले रु चार लाख, ठेकेदारले रु चार लाख र ट्र्याक्टरधनीले रु दुई लाख गरी रु ३० लाख जम्मा गरेर सहयोग गरेको जनाइएको छ ।

राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गङ्गाबहादुर भुजेलले दुर्घटनाका घाइतेको उपचारमा रु ५० लाखभन्दा बढी खर्च भएको बताउनुभयो । सो खर्च ट्र्याक्टर धनी, ठेकेदार र व्यवसायी सङ्घसँग समन्वय गरी उपचार गरिएको जानकारी दिनुभयो । उहाँले जनप्रतिनिधिका समन्वयमा अस्पतालबाट रु सात लाख बराबरको छुट गराइएको जानकारी दिनुभयो ।

राप्ती–११ को वडा कार्यालय भवन ढलानको काम सकेर फर्किँदै गरेका कामदार सवार ट्र्याक्टर दुर्घटना हुँदा राप्ती –५ का ३५ वर्षीय खड्क लामा, राप्ती–४ का ४५ वर्षीय सीताराम श्रेष्ठ, खैरहनी नगरपालिका–९ का ४० वर्षीय मगन महतो, खैरहनी–९ कै ५० वर्षीया छनिया महतो र मकवानपुरको राक्सीराङका एक जनाको मृत्यु भएको थियो ।रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …