तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

कर्णाली!आएको गास खोसिएपछि तिला गाउँपालिका–४ जुम्लाका रामकृष्ण उपाध्याय यतिबेला निकै पीडामा हुनुहुन्छ । असोज ३१ देखि कात्तिक १ गतेसम्म परेको अविरल वर्षाले कात्तिक २ गते भीषण बाढी आयो । त्यसले उहाँको १० भारी धान मात्र क्षति भएन, खेत नै बगरमा परिणत भएको छ । सोही वडाका लालबहादुर सार्की र कर्णबहादुर हमालको घर नै बाढीले बगाउँदा उनीहरुको बिचल्ली भएको छ । तीन वर्षदेखि प्यारालाइसिस रोगले थलिएका कर्ण सुनारको कमाइ खाने खेतनै नदीमा परिणत भएपछि उहाँको परिवारमा ठूलो सन्ताप परेको छ । तातोपानी गाउँपालिका– ४ जुम्लाका देवीकृष्ण उपाध्यायको पनि धानखेत बगरमा परिणत भएका छन् ।

बाढीले तातोपानी गाउँपालिका–४ स्थित नेत्रज्योति मावि, वडा नं ७ को दुर्गा मावि मधु सुर्की सर्मी, ८ को कालिका मावि टोप्ला र तिला गाउँपालिका–४ नुवाकोटको सेतीवाडा मावि जुम्ला क्षतिग्रस्त बनाउँदा हाल त्यहाँको पठनपाठन ठप्प भएको छ । यसले बालबालिका र अभिभावक समस्यामा परेका छन् भने काठ र निर्माणाधीन झोलुङ्गे पुल बगाउँदा आवातजावत ठप्प भएको छ ।

तिला गाउँपालिका–४ जुम्ला साँपुल्ली गाउँका स्थानीय वीरबहादुर सिंहका अनुसार विसं १९८४ सालमा ठूलो क्षति भयो भन्ने सुनिएपनि यस्तो क्षति नभएको बताउनुभयो । “कात्तिक २ गतेको बाढीले गरेको क्षतिबाट धेरै घर परिवार सुकुम्बासी बन्ने अवस्था छ । वर्षभरिको मुख्यबाली धान सखाप परेपछि यो वर्ष भोकमरीले सताउने चिन्ता यहाँका नागरिकलाई बढेको छ”, उहाँले भन्नुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …