तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

वालिङ । स्याङ्जाको बिरुवा गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । बिरुवा –७ मा अवस्थित मनकामना मन्दिरमा कोजाग्रत पूर्णिमाका अवसरमा गरिने पञ्चबलि पूजालाई स्थानीय पर्वका रुपमा मनाउनका लागि आज सार्वजनिक बिदा दिएको गाउँपालिकाका अध्यक्ष चुनप्रसाद शर्माले जानकारी दिनुभयो । मन्दिरमा राँगो, बोका, कुखुरा, परेवा र हाँसको बलि दिने गरिन्छ ।

“गाउँपालिकाकै धार्मिक आस्थाको धरोहरको रुपमा हामीले गहते मनकामनालाई अगाडि बढाएका छौँ”, उहाँले भन्नुभयो, “धार्मिक, ऐतिहासिक एवं पर्यटकीय दृष्टिले प्रचुर सम्भावना रहेको यस क्षेत्रको प्रचारप्रचार गर्दै आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्रका रुपमा विकास गर्ने हेतुले उक्त स्थानमा हुने मेलालाई पर्वका रुपमा मनाउनका लागि सार्वजनिक बिदा दिएका हौँ ।”

पञ्चवली पर्वलाई स्थानीय पर्वका रुपमा लिँइदै आइएको छ । हाल एकादशी र औँसीका दिनमा बाहेक दिनहुँ पूजाआजा गर्ने व्यवस्था मिलाएको अध्यक्ष शर्माले बताउनुभयो ।

“धार्मिकरुपमा निक्कै प्रसिद्धी कमाएको यस मन्दिरमा बिरुवा, हरिनास गाउँपालिकासहित वालिङ, चापाकोट, पुतलीबजार, भीरकोट नगरपालिकालगायत तनहुँ, पाल्पा, नवलपरासीबाट पनि दर्शनार्थी आउने गर्नुहुन्छ”, उहाँले भन्नुभयो । मन्दिरका नाममा भाकल तथा बलि दिने गर्नाले मनोकामना पूरा भएको विश्वास गरिन्छ । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …