तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

भक्तपुर । हरेक वर्ष महानवमीको दिनमा मात्रै वर्षको एक दिन सर्वसाधारणका लागि खुला गरिने भक्तपुरको ऐतिहासिक तलेजु भवानीको मन्दिर यस वर्ष सर्वसाधारणलाई खुला गरिएको छ । 

कोरोनाका कारण गत वर्ष सर्वसाधारणका लागि खुल्न नगरिए पनि यस वर्ष सर्वसाधारणका लागि मन्दिर खुला गरिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो । 

महानवमीका दिन मन्दिरमा तलेजु भवानी प्रकट हुने जनविश्वासका आधारमा यस दिन सर्वसाधारणको घुइँचो लाग्ने गदर्छ । कोरोना भाइरसको प्रभावका कारण यस वर्ष पनि तलेजुमा बलिरहित औपचारिक पूजा मात्रै गरिएको उहाँले जानकारी दिनुभयो । फूलपाती, अष्टमी र नवमीमा गरी तलेजुमा ५४ बोका, ३२ राँगो र ३२ हाँस बलि दिँदै आएकामा पहिलो पटक यस वर्ष बलिरहित रूपमा तलेजुको पूजा गरिएको उहाँले बताउनुभयो । 

सत्रौँ शताब्दीमा मल्ल राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपाशा खेल्ने गरेको किंवदन्ती छ । किंवदन्तीअनुसार राजा जयप्रकाशले कुदृष्टिले हेरेपछि तलेजु भवानी त्यहाँबाट हराएकी थिइन् । राजाले क्षमा माग्दै धेरै रोइकराई गरेपछि तलेजुले वर्षको एकपटक मात्र आउँछु भन्ने वचन दिएकीले हरेक वर्ष महानवमीका दिन तलेजु भवानी आफ्नो मन्दिरमा प्रकट हुने विश्वासका साथ मानिसहरूको घुइँचो लाग्ने गर्दछ ।

एक अर्को किंवदन्तीका अनुसार उनै त्रिपाशा खेल्ने तलेजु भवानी बालिकाको शरीरभित्र कुमारीका रूपमा प्रवेश गरेको जनविश्वास छ । त्यसबेलादेखि भक्तपुरमा कुमारीलाई एकान्त कुमारीका रूपमा पुजिन थालेको हो । 

कुमारी पुजिने चलन सबैभन्दा पहिले भक्तपुरबाट सुरु भएर पछि काठमाडाँै र ललितपुरमा विस्तार भएको भक्तपुर तलेजुका मूल नाइके जोशीले बताउनुभयो । हरेक वर्ष घटस्थापनादेखि विजयादशमीसम्म जीवित कुमारीलाई तलेजुस्थित दसँै घरमा ल्याएर तान्त्रिक विधिपूर्वक विराजमान गराई पूजा गर्ने परम्परा यो वर्ष पनि टुटेको छ । 

यस वर्ष नियुक्त गरिएको नयाँ कुमारी लुनिभा बज्राचार्यलाई आज तलेजुस्थित दसँैघर ल्याएर पूजा गर्ने परम्परा पनि यस वर्ष रोकिएको छ । कोरोनाकै कारण कुमारीलाई तलेजुमा नल्याइए क्वाठण्डौँस्थित कुमारी घरमा राखिएको र आज नवमीमा तलेजुबाट पूजा लिएर क्वाठण्डौँमै गएर कुमारीको पूजा गरिएको नाइके जोशीले जानकारी दिनुभयो । भोलि विजयादशमीको टीका पनि साइतमै क्वाठण्डौँस्थित कुमारी घरमै लगाइने भएको उहाँले जानकारी दिनुभयो ।रासस                                               

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …