तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

कास्की । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले चाडपर्वले न्याय र समानतासहितको सामाजिक, आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

विजयादशमीका अवसरमा उहाँले आज प्रकाशन गर्नुभएको शुभकामना सन्देशमा असत्यमाथि सत्यको विजय हासिल भएको मान्यता र प्रतीकका रुपमा मनाइने दसँै पर्वको विशेष महत्वको रहेको उल्लेख छ ।

“घटस्थापनादेखि नवमीसम्म माता नवदुर्गाको विशेष अर्चना र आराधना गरिने गरिन्छ” शुभकामना सन्देशमा भनिएको छ, “दशमीको दिन मान्यजनबाट टीका, जमरा, फूलपाती र प्रसादसहित आशीर्वाद ग्रहण गरिन्छ ।” 

उहाँले सन्देशमा हाम्रो मुलुकमा मनाउने गरिएका विभिन्न चाडपर्वले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीच रहेको मौलिकता थप सृदृढ गर्नाका साथै सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्णता राख्न महत्वपूर्ण योगदान पुगेको भन्नुभएको छ । यस प्रकारका चाडपर्वको संरक्षण एवं संवद्र्धधनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्ने उहाँको विश्वास छ ।

कोरोना भाइरस सङ्क्रमण दर केही कम भए पनि पूर्ण रुपमा घटेको छैन । यस्तो अवस्थामा यस महामारीबाट जोगिन नेपाल सरकारले लागू गरेको स्वास्थ्यसम्बन्धी मापदण्डको पालना गर्दै आफू र आफ्नो परिवारसमेत सचेत र सजग हुँदै सुरक्षाका उपायहरू अवलम्बन गर्न सन्देशमार्पmत सबैमा अनुरोध गर्नुभएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …